यस्तो छ नेपाली काँग्रेसको वरियताक्रम (सूचीसहित)

A notice in Nepali from Mechinagar Ward No. 10

१५ पौंष, काठमाडौँ : नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ ।

नयाँ वरीयता अनुसार सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन्। दोस्रो र तेस्रो नम्बरमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ छन्।

चौंथो र पाँचौं नम्बरमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा छन्। त्यसपछि सहमहामन्त्रीहरु फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे, जीवन परियार छन्। सहमहामन्त्रीको सूचीपछि केन्द्रीय सदस्यहरुको वरीयता सुरु गरिएको छ ।

सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ। १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन राना छन्।

यीमध्ये १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बनेका हुन्।कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो। बाँकी ३३ जना सभापति देउवाले मनोनीत गर्न बाँकी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.