तमु ल्होसार महिला गोल्डकपको उपाधि धरानलाई

A notice in Nepali from Mechinagar Ward No. 10

१५ पौंष, झापा : गुरुङ्ग समुदायको महान पर्व तमु ल्होसारको अवसरमा आयोजित तमु ल्होसार गोल्डकप अन्तर्राष्ट्रिय महिला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरानले हात पारेको छ ।
खेल अवधिभर दुवै टिमले गोल गर्न नसकेपछि उपाधिको नतिजाका लागि सडनडेथमा जानु परेको थियो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा पाँचथरको श्रीसिंह सिद्धदेवी ङोलो क्लबलाई सुनसरीको धरान महिला फुटबल क्लबले सडनडेथमा २–१ को गोल अन्तरले गोल गर्दै उपाधि हात पारेको हो ।

खेलको विजेता धरानले नगद एक लाख ११ हजार १११, ट्रफी र मेडल पाएको छ । उपविजता टोली पाँचथरले एकाउन्न हजार १११ रुपैयाँ ट्रफी र मेडल प्राप्त गरेको छ ।

खेलका प्यलेर अफ द म्याच पाँचथरकी प्रमिला राई घोषित भइन् । त्यस्तै, प्रतियोगिता अवधिरका बेस्ट फर्वाड धरानकी समिक्षा मगर, बेस्ट मिड फिल्ड पाँचथरकी प्रमिला राई, बेस्ट डिफेन्स पाँचथरकी रोश्नी क्षेत्री, बेस्ट गोल किप्पर धरानकी सीमा आले मगर, बेस्ट कोच धरानकी भगवती राना मगर भए । प्रतियागिताभरिकी सर्वोत्कृष्ट खेलाडी धरानकी समिक्षा मगर भइन् ।

पाँचथरले मोरङको पथरी शनिश्चरे महिला एफसीलाई २–० को गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो । धरानले रोयल एफसी दमकलाई टाइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । फाइनलिस्ट दुवै टोलीको समान संयोग के छ भने उनीहरु एकै खेल जितेर फाइनल यात्रामा सफल भएका हुन् ।

प्रतियोगितामा ६ टिमको सहभागिता रहको थियो । गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । फ्लययर प्ले टिम आयोजक बिर्तामोड फुटबल क्लब भएको थियो ।

बिर्तामोड फुटबल क्लबले आयोजना गरेका प्रतियागिताका विजेता तथा उपविजेतालाई क्लबका अध्यक्ष डिके गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.