१६ पौंष, मेचीनगर : पछिल्लो २४ घण्टामा २१२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २३५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जनामा संक्रमण देखिएको छ भने १ हजार १९९ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ९ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा २३५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ५ जनाको ज्यान गएको छैन ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख २८ हजार ४३१ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९६ हजार २०२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख ११ हजार ७४६ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























