जेष्ठ नागरिक र दीर्घरोगीलाई ‘बुस्टर डोज’ दिने अभियान स्थगित

A notice in Nepali from Mechinagar Ward No. 10

२१ पुस, काठमाडौँ : सरकारले जेष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको ‘बुस्टर’ डोज खोप अभियान स्थगित गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।

मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक छ। त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ।’

सबै नागरिकलाई पूरा खोप दिएपछि मात्र अतिरिक्त खोप दिने मन्त्रालयले जनाएको छ। यसअघि कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका लक्षित वर्गलाई अतिरिक्त खोप दिने निर्णय गरेको थियो।

सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.