जनतालाई छिटो र छरितो सेवा दिनका लागि प्रधानमन्त्री देउवाको निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

२१ पुस, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार जनतालाई दिने सबै सेवा छिटो र छरितो गर्नेगरी सबै तहका कार्यालयहरुलाई निर्देशन दिएका छन् ।

आज बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा संयुक्त बैठक आह्वान गरी देउवाले सरकारको साझा न्युनतम कार्यक्रमको कार्यन्जयन, विकासमा प्राथमिकता र सुशासन प्रवद्र्धन सम्वन्धमा नेपाल सरकार सबै मन्त्रीहरु, सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले अत्यावश्यक सेवाहरु जनताको घर दैलोमो पुयाउने सरकारको दायित्व भएको भन्दै विकास निर्माणका परियोजनाहरुको गति बढाउनका लागि आवश्यक झन्झट हटाउने र कानुनी समस्या भए त्यसमा पनि सुधार गर्न समेत निर्देशन दिए ।

यस्तै कोभिडको जोखिम कायमै रहेकाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने प्रवन्ध प्रभावकारी रुपमा अघि बढाउने, कर्मचारीको क्षमता बृद्धि गरेर विकास आयोजनाहरुको कार्यन्वयन पक्षलाई चुस्त बनाउने, राष्ट्रिय गौरवका आयोजनाहरुको गति सन्तोषजनक नभएकाले प्रभावकारी रुपमा काम गर्नेगरी अनुगमन र मुल्यांकन संयन्त्र बनाउने, जलविद्युत, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउनेगरी नीति तथा कार्यक्रम ल्याउने, स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीमा प्रत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रम अघि वढाउने लगायतका कार्यहरु गर्न निर्देशक दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.