मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न : ‘ज्येष्ठ सदस्य सम्मान २०७८’ पाँचजनालाई प्रदान

A notice in Nepali from Mechinagar Ward No. 10

२६ पुस, मेचीनगर : मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था मेचीनगरले आफ्ना संस्थाका ५ जना ज्येष्ठ सदस्यहरुलाई ‘ज्येष्ठ सदस्य सम्मान २०७८’ प्रदान गरेको छ ।

सोमबार मेचीनगरको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न संस्थाको १४ औँ वार्षिक साधारणका अवसरमा झरसिहं कार्की, रेवकुमारी आचार्य, विष्णुमाया विश्वकर्मा, हरिप्रसाद प्रसाई र ठुली तामाङलाई ‘ज्येष्ठ सदस्य सम्मान २०७८’ प्रदान गरेको हो ।

साधारणसभाका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य, विशिष्ट अतिथि संस्थापक अध्यक्ष नारायण प्रसाईले जनही नगद २ हजार रुपैयाँ, दोसल्लासहित सम्मान पत्र प्रदान गर्नुभएको थियो । उद्घाटन मन्तव्य राख्दैं नगरप्रमुख आचार्यले सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई जन्मेदेखि मृत्यु भईञ्जेलसम्म साथ सहयोग गर्नुपर्ने बताउनुभयो ।

सबैले एक आपसमा सहकार्य गरेर गरिने जुसुकै कार्य नै सहकारी भएको भन्दैं नगरप्रमुख आचार्यले अब सहकारीहरु नाफामुखी भन्दा पनि सेवामुखी बन्नुपर्नेमा जोड दिनुभयो । सहकारीले हरेक समुदायको जीवनस्तरमा सुधार्न मात्र नभई देश विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको तर्क थियो । नगरप्रमुख आचार्यले नेपालको आर्थिक पाटोलाई सहकारीले ठूलो टेवा पुर्याएको स्मरण गदैं सरकारको तीन खम्बे अर्थनीति मध्ये सहकारी एउटा महत्वपूर्ण अंग भएको र देशलाई संमृद्धितर्फ अघि बढाउन सहकारीको विकल्प नभएको दावी गर्नुभयो ।

सदस्यहरुलाई परेका बेलामा अईचो पैचो दिने र बचत गर्न सिकाउनका लागि सहकारीको भूमिका निक्कै महत्वपूर्ण रहेको बताउदैं उहाँले अब सहकारीहरु निक्षेप संकलन र कर्जा लगानीमामात्र नभएर उत्पादनको क्षेत्रमा लाग्नुपर्ने नगरप्रमुख आचार्यले सुझाँव दिनुभयो । उहाँले संस्था सञ्चालन गर्दा धेरै कुरामा ध्यान पुर्याउनुपर्ने बताउदैं सहकारीका मुल्य मान्यता र सिद्धान्त बमोजिम संस्था अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सहकारीका मुल्य मान्यता र सिद्धान्त एकातिर र सहकारी संस्था अर्कातिर चले संस्था धराशायी बन्ने र निक्षेपकर्ताको रकम समेत जोखिममा पर्ने उहाँको तर्क छ । मासु हरेक उपभोक्ताहरुको स्वास्थ्यसँग जोडिएकाले सफा, शुद्ध मासु हरेक उपभोक्तालाई उपलब्ध गराउन समेत सहकारीलाई नगरप्रमुख आचार्यले सुझाव दिनुभयो । यसमा हरेक उपभोक्तालाई समेत सचेत हुन आग्रह गर्नुभयो । बधशाला तथा मासु विक्री स्थल सफा सुग्घर र व्यवस्थित गर्न व्यवसायीहरुलाई नगरप्रमुख आचार्यले सुझाव दिनुभयो । उहाँले सहकारी सञ्चालक र कर्मचारीबीच समधुर समबन्ध हुनुपर्ने समेत बताउनुभयो ।

मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दीपेन्द्र कार्कीले हरेक सहकारी संस्थाका अभिलेख चुस्तदुरुस्त राख्न सुझाव दिनुभयो । उहँले २०७४ सालमा सहकारी ऐन, २०७५ मा विनियम र २०७६ मा मेचीनगर नगरपालिकामा स्थानीय सरकारको सहकारी ऐन आएको बताउनुभयो । तर, अहिले पनि विनियम संशोधनको कागजात बोकेर सहकारीकर्मीहरु नगरपालिका आएको देख्दा अचम्म लाग्ने बताउनुभयो । सहकारी विभागले नगरक्षेत्रभित्र ७७ वटा सहकारी रहेको अभिलेख नगरपालिकालाई दिइएको भएपनि अहिले ३२ वटाले मात्र समयमा रिपोट बुझाउने गरेको कार्कीको भनाई छ । सरकारी अनुदान प्राप्त गर्ने बेलामा सहकारी धेरै उम्रिने वार्षिक रिपोट बुझाउने बखत धेरै हराउने अहिले सहकारीक्षेत्रको ज्यादैं ठूलो समस्या भएको उहाँको भनाई छ ।

संस्थाका अध्यक्ष भगिरथ राईले कार्यक्रमको सभापतित्व गदैं सञ्चालक समितिकोतर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष ०७६/०७७ मा विश्वलाई नै आक्रान्त पारेको कोभिड–१९ को कहरको प्रभाव छुटपुटमात्रमा रहिरहेको भएता पनि संस्थाले आर्थिक वर्ष ०७७/०७८ असार मसान्तसम्मको आर्थिक कारोबारको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । २०७८ साल असार मासन्तको वासलात, पूँजी तथा दायित्वलगायतका विषयमा प्रतिवेदनमा समेटिएको छ । आर्थिक वर्ष २०७८/०७९ का लागि प्रस्तावित कार्यक्रम र बजेट समेत उहाँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सदस्य राहत कार्यक्रमका स्पष्ट पादैं अध्यक्ष राईले प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७७/०७८ सालमा निर्णय भएको शेयरवृद्धि योजना, सदस्य स्वास्थ्य राहत योजना, सदस्य विमा योजना लगायत थप योजना अन्तर्गत कर्जा विमा, सदस्य स्वास्थ्य उपचार विमा कार्यक्रमहरु निति तथा कार्यविधि निर्माण गरि लागु गरिएको साथ चालु आर्थिक वर्ष २०७८/०७९ बाट सदस्यहरुको शेयर रकम तथा योगदानको आधारमा विभिन्न प्रकारका राहत कोषहरु खडा गरि सदस्य हितकोष अन्तरगत कार्य गरिने, जसमा सदस्यहरुले संस्थाबाट प्रत्यक्षरुपमा लाभ लिन सक्नेछ र संस्थाप्रति विश्वास र भरोसा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरिएको छ । जग्गा, खरीद, कुखुरा पालन तथा फ्रेस हाउस सञ्चालन, सवारी साधन खरिद शेयर, लाभांश वितरण, कर्मचारी बोनस कोषको व्यवस्थापन , नीति तथा कार्यविधिको आवश्यकता, संसोधन र निर्माण एवम् विद्यान संसोधनलगातका विषयमा प्रतिवेदनमा समेटिएको छ ।

 

व्यवस्थापक अनिता गरागाईँले सञ्चालन र उपाध्यक्ष राजकुमार पराजुलीले स्वागत गरेको उद्घाटन सत्रमा विशिष्ट अतिथि संस्थापक अध्यक्ष नारायण प्रसाई मेचीनगर वडानम्बर ६ का वडा सदस्य सावित्रा ल्वागुन, मखमली बचत तथा ऋण सहकारी संस्थाका सीता गुरुङ, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष कमल थापा, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव दिलीपजंग सुब्बालगायतले बोल्नुभएको थियो  भने बन्द सत्रको कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक दुर्गाबहादुर लुइटेलले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।

मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको वर्ष २०७८ को प्रतिवेदन यसप्रकार रहेको छ :

[elfsight_pdf_embed id=”6″]

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.