निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने युवक पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । भक्तपुर प्रहरीले निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने युवकलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–२ टौमढीबाट १८ वर्षीय विशेष जोशी पक्राउ परेका हुन् ।

भक्तपुर प्रहरीका अनुसार टिकटकमा भिडियो अपलोड गरेको आरोपमा जोशीलाई नेपाल प्रहरीको साइबर ब्यूरोको समन्वयमा पक्राउ गरिएको हो ।

सार्वजनिक भएको भिडियोमा श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले अपमानजनक शब्द प्रयोग गरी  निकिशामाथि दुर्व्यवहार गरिएको देखिन्छ । भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले साइबर ब्यूरोलाई घटनाको छानबिन गर्न निर्देशन गर्न पत्राचार गरेको थियो ।

प्रहरीका अनुसार भिडियो खिच्ने अन्य दुईजना फरार रहेको र खोजीकार्य जारी छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.