नेपालको सार्वभौमिकतामाथि आँच पुर्‍याउने गतिविधि रोक्न भारतसँग एमालेको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

२७ पुस, काठमाडौँ : नेकपा एमालेले नेपालको सार्वभौमिकतामाथि आँच पुर्‍याउने गतिविधि तत्काल रोक्न भारतसँग आग्रह गरेको छ।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने यस्ता गतिविधि तत्काल बन्द गर्न आग्रह गरेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनको मानसरोवरसम्म पुग्न नेपाली भूमि कालापानी हुँदै बाटो बनाइरहेको बताएपछि एमालेले सडकलगायत संरचना निर्माण रोक्न माग गरेको छ।

‘वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने एमालेको अविचलित मान्यता छ,’ विज्ञप्तिमा भनिएको छ।

एमालेले राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको पनि उल्लेख गरेको छ। ‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यवहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.