२७ पुस, काठमाडौँ : काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ जारी गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा ‘स्मार्ट लकडाउन’ जारी गर्ने निर्णय गरेको हो ।
स्मार्ट लकडाउन आज राति १२ बजेदेखि अर्को सूचना जारी नहुँदासम्म लागू हुनेछ । तीन जिल्लाका सिडिओले जारी गरेको संयुुक्त विज्ञप्ति अनुसार कोरोना संक्रमण दर तीव्र गतिमा वृद्धी भएका कारण उपत्यकामा स्मार्ट लकडाउन लागू गरिएको हो।
सो अवधिभर स्वास्थ्य मापदण्ड कडाईका साथ कार्यान्वयन गर्न र गराउन प्रशासनले निर्देशन दिएको छ । त्यस्तै सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला नगर्न पनि आदेश गरिएको छ।
यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ ७ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको छ।
यस्तो छ आदेश :



























