२७ पौंष, मेचीनगर : पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २०४४ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १९८१ जनामा संक्रमण देखिएको छ भने ४ हजार ३८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४६३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १५ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख ३५ हजार ९२७ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९७ हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख १४ हजार ७९८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























