१३ मंसिर २०८३ ☀️ २३°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)

दशौँ राष्ट्रिय खेलकुद: बागमती प्रदेश शीर्ष स्थानमा, विभिन्न खेलहरू जारी

कर्णाली प्रदेशमा जारी प्रतियोगिताअन्तर्गत हालसम्म ६८ पदकको टुङ्गो लागेको छ भने आज विभिन्न खेल विधामा प्रतिस्पर्धा हुँदैछ।

सेयर:

कर्णाली प्रदेशमा जारी प्रतियोगिताअन्तर्गत हालसम्म ६८ पदकको टुङ्गो लागेको छ भने आज विभिन्न खेल विधामा प्रतिस्पर्धा हुँदैछ।

📌 मुख्य बुँदाहरू:

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हालसम्म ६८ पदकको छिनोफानो भएको छ।
  • बागमती प्रदेश ९ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
  • प्रतियोगिताअन्तर्गत शुक्रबार कर्णाली, बाँके, बर्दिया र पश्चिम रुकुममा विभिन्न १० खेल विधामा प्रतिस्पर्धा हुँदैछ।
  • एनआरएनएले ६ स्वर्ण पदक जित्दै तालिकाको दोस्रो स्थानमा पकड जमाएको छ।

कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत दोस्रो दिनसम्म ६८ पदकको छिनोफानो हुँदा बागमती प्रदेश पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। औपचारिक उद्घाटन मङ्सिर १६ गते हुने तय भए पनि विभिन्न खेलहरू भने त्यसअघि नै सुरु भइसकेका छन्।

हालसम्म २२ स्वर्ण, २२ रजत र २४ कास्य पदकको टुङ्गो लाग्दा बागमती प्रदेशले ९ स्वर्ण, ४ रजत र ६ कास्यसहित कुल १९ पदक जितेर अग्रता कायम गरेको छ। त्यस्तै, पदक तालिकामा एनआरएनएले नेपाल पुलिस र नेपाल आर्मीलाई पछि पार्दै दोस्रो स्थानमा पकड जमाएको छ। एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कास्यसहित ९ पदक जोडेको छ भने नेपाल पुलिसले ३ स्वर्ण, ७ रजत र ८ कास्यसहित १८ पदक हात पारेको छ। त्यसैगरी, नेपाल आर्मीले २ स्वर्ण, ८ रजत र ८ कास्यसहित समान १८ पदक जितेको छ। सुदूरपश्चिम प्रदेशले १ स्वर्ण र २ रजतसहित ३ पदक तथा कोशी प्रदेशले १ स्वर्ण पदक हात पारेका छन्।

शुक्रबार विभिन्न १० खेल विधामा प्रतिस्पर्धा

प्रतियोगिताअन्तर्गत शुक्रबार कर्णालीसहित बाँके, बर्दिया र पश्चिम रुकुमका विभिन्न खेलस्थलमा १० खेल विधामा प्रतिस्पर्धा हुँदै छ। सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक र फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन्।

तालिकाअनुसार वीरेन्द्रनगरमा बिहान ९ बजेबाट महिला क्रिकेट र महिला बास्केटबल तथा मुख्य रंगशालामा बिहान ९ बजेदेखि दिउँसो २:३० बजेसम्म पुरुष फुटबलका खेल हुनेछन्। पुरुष क्रिकेटतर्फ कालुञ्चोक मैदानमा बिहान ९ बजेदेखि प्रतिस्पर्धा हुनेछ। यता, सुर्खेतस्थित मुख्य कभर्डहलमा बक्सिङ, मिनी कभर्डहलमा जिम्न्यास्टिक र ब्याडमिन्टन कभर्डहलमा फुल कन्ट्याक्ट कराँतेका खेल सञ्चालन हुनेछन्।

त्यसैगरी, सुर्खेतबाहिर बाँकेको नेपालगन्जमा बिहान ९ बजेदेखि पौडी प्रतियोगिता, बर्दियामा टेनिस तथा पश्चिम रुकुमको चौरजहारीमा बिहान ८ बजेदेखि शारीरिक सुगठन प्रतियोगिता आयोजना हुनेछ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुजन प्रधान

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।