काँकरभिट्टा खानेपानीको साधारण सभा सम्पन्न

पानीको वैकल्पिक स्रोत खोजी गर्नुपर्ने मुख्य चूनौती

A notice in Nepali from Mechinagar Ward No. 10

३० पुस, मेचीनगर : खानेपानीको धारा जडानमा काँकरभिट्टा खानेपानी उपभोक्ता समितले जडान शुल्कमा २ हजार रुपैयाँ छुट दिईएको छ । साथै गरिबीको रेखामुनिमा रहेका सर्वसाधारणकालागि भने ६ हजार ५ सय रुपैयाँमा धारा जडानको व्यवस्था मिलाएको छ । अन्यको हकमा भने १० हजार ५ रुपैयाँ कायम गरिएको छ ।
संस्थाको २६ औँ वार्षिक साधारणको अवसरमा शुक्रबार अध्यक्ष राजकुमार पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले बनाएको मापदण्ड अनुसार गरिबीको रेखामूनि भए नभएको अनुगमन गरी सेवा उपलब्ध गराउनुका साथै यस्ता उपभोक्तालाई सहुलियत दरमा धारा उपलब्ध गराउँदैं आएको उल्लेख छ ।
अहिले संस्थाको क्षमता ५ हजार ८ सय घुरधूरीलाई मात्र धारा जडान गर्न सकिने भएपनि अहिलेसम्म करिब ६ हजार ६ सय धारा जडा भइसकेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । वर्तमान सञ्चालक समितिले नेतृत्व समहालेयता ३ हजार १ सय २० मिटर पाइप लाई विस्तार गरिएको छ ।
पानीको वैकल्पिक स्रोत खोजी गर्नुपर्ने, बोरिङहरुबाट पानी उत्पादनमा हस आएको समस्याको सामना गर्नुपर्ने, संस्थाको क्षमताभन्दा बढी पानीको मागको सम्बोधन गर्नुपर्ने, संस्थााबट ट्रिटमेन्ट गरेर पठाएको पानीमा केही समय पाइपलाईनमा पानी बन्द हुादा आउने धमिलो पानीको दीर्घकालिन समाधान गरेर पानीको गुणस्तर कायम गर्नुपर्ने, नगर विकास कोषको सावा व्याजको भुक्तानि गर्नुपर्ने, स्काडामा देखिएका समस्याहरुकोे समाधान गरी पुर्ण हाइटेक बनाउनुपर्नेलगयात संस्थाका चूनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।
साधारणसभाको मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा संस्थाले वर्षउत्कृष्ट कर्मचारी सम्मान सह लेखापाल सुरज ढुङ्गानालाई प्रदान गरेको छ । ढुङ्गानालाई नगद सातहजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी, सेवानिवृत्त कर्मचारी जीवनाथ काफ्लेलाई सम्मानसहित विदाइ तथा जग्गादाताहरु अनिल संग्रौला, अम्बिका कार्की, टेकबहादुर कार्की, सामाजिक व्यक्तित्व तथा संस्थाका पूर्व अध्यक्ष गोपाल तामाङ र डिल्लीराम घिमिरेलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख आचार्य, विशिष्ट अतिथि नगर उपप्रमुख मीना पोखरेल उप्रेती, संघीय खानेपानी तथा ढल निकास आयोजनका विराटनगरका आयोजना प्रमुख चोकप्रसाद धितालले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रमका अधिकांश वक्ताहरुले यस संस्थाले सामाजिकलगायत अन्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अहिले पनि खानेपानी नपुगेको ठाउँमा पाइपलाइन विस्तार गर्न सुझाव दिइएका थिए । वक्ताहरले संस्थामा देखिएका चूनौतीहरुको समाधानमा समयमै लाग्नुपर्ने समेत बताए । नेपालको संविधान २०७२ मा हरेक नागरिकले सफा, शुद्घ र स्वच्छ पानी पिउने उस्को नैसर्गिक अधिकार स्पष्ट भएकाले अब नगरबासीलाई स्वच्छ, सफा र शुद्ध पानी उपलब्ध गराउुपर्नेमा सहभागी वक्ताहरुको जोड थियो ।
सचिव दिलीपजंग लिम्बुले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख आचार्य, विशिष्ट अतिथि नगर उपप्रमुख उप्रेती, संघीय खानेपानी तथा ढल निकास आयोजनका विराटनगरका आयोजना प्रमुख धिताल, निवर्तमान अध्यक्ष हर्क फियाक् सम्मानितहरुकातर्फबाट डिल्लीराम घिमिरे, पूर्व अध्यक्ष गोपाल तामाङ, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, जनता समाजवादी पार्टी नेपाल मेचीनगरका अध्यक्ष ओमप्रकाश खापुङ, नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर अध्यक्ष सविना बजगाईलगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहभागी सबैलाई उपाध्यक्ष गोविन्द गिरीले स्वागत गर्नुभएको थियो ।

साधारण सभाको केही तस्वीरहरु :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.