आजदेखि ‘मेरो मेचीनगर डट कम अनलाईन पोर्टल’ दोस्रो वर्षमा : प्रतिबद्धता अनुसार काम गर्छौ

A notice in Nepali from Mechinagar Ward No. 10
उदयकुमार श्रेष्ठ
अध्यक्ष
हब डिजिटल मिडिया प्रा.लि.

उदयकुमार श्रेष्ठ
अध्यक्ष
हब डिजिटल मिडिया प्रा.लि.

हब डिजिटल मिडिया प्रा.लि.द्वारा सञ्चालित ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल’ आजदेखि पहिलो वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । यो सुःखद सन्देश सगौरव मैले यहाँहरु समक्ष राख्न पाउँदा मैले धेरै गर्व महशुस गरेको छु ।

आजकै दिन वा गएको माघ १ गते माघे संक्रान्तिकै अवसर पारेर ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’सञ्चालनमा आएको थियो । हुन त यो अनलाईन २०१५ बाट नियमित अपडेट भए पनि कानुनी मान्यता प्राप्त गरी हब डिजिटल मिडिया प्रा.लिले आजभन्दा एकवर्ष अघिदेखि सञ्चालनमा ल्याएको थियो ।

यो अनलाईन एकवर्ष पुरा गरेर दुईवर्षमा प्रवेश गरिरहदाँ यसले निक्कै आरोह अवरोह छिचोल्दैं र अनेक सारा गारा अप्ठयारा परिस्थितीलाई चिर्दै सफलता पूर्वक यहाँसम्म आइपुगेको छ । यसका लागि हामीलाई हरेक दुःख सुखमा साथ दिनुहुने अनि अनलाईनलाई यहाँसम्म ल्याई पुर्याउनुहुने तपाई सम्पूर्ण कम्पनीका सञ्चालक बर्ग, पाठक, विज्ञापनदाता, समाचार शाखामा कार्यरत पत्रकार मित्रहरुसहित प्रत्यक्ष परोक्षरुपमा हामीलाई रचनात्मक र सकरात्मक सल्लाह सुझाव दिनुहुने सवैप्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछु ।

हामीले शुरुमै यहाँहरु समक्ष एउटा प्रतिवद्घता व्यक्त गरेका थियौ ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’ लाई ग्रामीण पत्रकारिताको पर्याय बनाउँछौ भनेर । यो प्रतिबद्धता कति पुरा गर्न सक्यौं कति सकेनौ यसको छिनोफानो र मुल्याकङ्क गर्ने जिम्मा तपाईहरुको काँधमा सुम्पेको छु ।

ग्रामीण पत्रकारितामा नेपाली पत्रपत्रिकाले उचित स्थान दिन्छन भन्ने सन्देश छर्न पनि हामी ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’ मार्फत हर प्रयास हाम्रो कोशिस रहन्छ । नेपाली पत्रकारिताले ग्रामीण पत्रकारिताको क्षेत्रमा स्थान दिन जरुरी देखिनु पर्छ । हामीलाई थाहा छ सञ्चारमाध्यम भनेको आवज विहिनहरुको आवज बन्नु पर्छ । भुई मान्छेहरु देखिने थलो बन्नुपर्छ । आर्थिक पक्ष बलियो नभए अपेक्षा अनुसार परिणाम दिन नसकिने रहेछ । मोफसलबाट यस्ता सञ्चारमाध्यम सञ्चालनमा ल्याउनु भनेको फलामको चिउरा चपाउनु जतिकै रहेछ । यस्ता सञ्चारमाध्यमको आम्दानीको मुख्यः स्रोत नै विज्ञापन रहेछ । विज्ञापनदाताहरुले विज्ञापन उपलब्ध नगराउने हो भने सञ्चारमाध्यम चल्न सक्ने अवस्था छैन । यी सञ्चारमाध्यमलाई लामो समयसम्म टिकाई राख्न र निरन्तरताका लागि तपाईहरुको साथ सहयोग चाहिन्छ । यसका लागि हामी तपाईहरुको साथ सहयोगको अपेक्षामा छौं ।

म कम्पनीको अध्यक्ष र अनन्य मित्र शिक्षासेवी दुर्गाबहादुर लुइटेल प्रधान सम्पादक रहेको ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल’ ले एकवर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गरेको यो क्षण मलाई औधी खुशी लागेको छ । झापा जिल्लामा रेडियो, दैनिक पत्रिका, साप्ताहिक, टेलिभिजन र अनलाइन गरी ६ दर्जन हाराहारीमा सञ्चार माध्यम छन् । यी सञ्चारमाध्यमसंगै राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकार पनि झापामा उत्तिकै छन् । ती सञ्चारमाध्यम र सञ्चारकर्मीको भीडमा ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल’ पनि अघि लम्किरहेको महशुस गरेको छु ।

‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल ’को भविष्य उज्ज्वल छ । अनेक बाधा र अप्ठेराका बाबुजद कोभिड १९ को महामारीले विश्व थला परेका बखत चुनौति नै चुनौतिकाबीच उदाएको ‘मेरो मेचीनगर डट कम अनलाईन न्यूज पोर्टल’ अहिले पनि उत्तिकै अघि बढेको छ । नेपालमा सञ्चारमाध्यमले भोगिरहेका चुनौति र पूरा गर्नुपर्ने जिम्मेवारी थुप्रै छन् । वर्तमान सन्दर्भमा कोभिड १९को विश्वव्यापी महामारीबाट सबै भन्दा बढी प्रताडित सञ्चारकर्मी र सञ्चार क्षेत्र बन्न पुगेको सबैलाई जगजाहेर नै छ ।

महामारीले कैयौं सञ्चारकर्मीले ज्यान गुमाए, कैयौं संक्रमित भए । यसले सिर्जना गरेको अवस्थाले धेरै सञ्चारमाध्यम बन्द भए, कैयौंको रोजगारी गुम्यो, कैयौंले श्रमको मूल्य पाएनन् । पत्रकार र मिडिया हाउसलाई सरकारले खास राहत प्रदान गर्न सकेको अवस्था छैन । यो बेला मिडियाकर्मी तथा मिडिया हाउसलाई विशेष राहत प्याकेज घोषणा गर्न, मिडियाको संरक्षण र विकासमा विशेष भूमिका निर्वाह गर्न म सम्बन्धित पक्षको र तीनै तहका सरकारको ध्यानाकर्षण गराउँछु । देशमा धेरै राजनीतिक परिवर्तनहरु भए । यसमा नेपाली सञ्चारमाध्म र नेपाली सञ्चारकर्मीहरुले खेलेको भूमिकाका बारेमा जति नै लेखे पनि अपूर्ण हुन्छ । तर सञ्चार क्षेत्र अझै पनि सुरक्षित छैन । लोकतन्त्रको स्थापनापछि नेपाली संचारक्षेत्र निकै हौसिए पनि नेपाली पत्रकारिता क्षेत्र अझै असुरक्षित छ । गणतन्त्रको स्थापना पछि पनि समाचार लेखेकै कारण कैयौं पत्रकारहरु मारिएका छन् । सरकारले प्रेस नियन्त्रित विभिन्न कानुन निर्माण गर्ने प्रसंगले सञ्चार क्षेत्र तरंगित भएको छ । प्रविधिको विकाससंगै पत्रकारितामा चुनौति थपिएको छ । यसकारण पनि हामी यस अनलाईनमा कार्यरत पत्रकारहरुलाई प्रविधिमैत्री बनाउन चाहान्छौ ।

प्रविधिमा अपडेट नहुनेहरु पत्रकार हुन नसक्ने अवस्थाको सिर्जना भएका कारण कम्पनी यसप्रति सधै सजग रहने छ । आयातनमा बृद्धि, गुणस्तरमा जोड, प्रविधिमा अपडेट र अन्य माध्यमहरुको पनि प्रयोगमा हामी जोड दिने छौ ।

अन्त्यमा पुनः म यस अवसरमा तपाई सबैप्रति हार्दिक र आभरसहित धन्यवाद व्यक्त गर्दछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.