क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ सम्बन्धी कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

माघ ९, काठमाडौं : नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतका कारोबार अवैध भएको बताउँदै त्यसमा संलग्न भएमा दण्डनीय हुने स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले आइतबार एक विज्ञप्ती जारी गर्दै नेपालमा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएकोले यसको कारोबारमा संलग्न जो कोहिलाई पनि कारवाही गर्ने जनाएको छ ।

त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ।

छोटो समयमा धेरै पैसा कमाउने आशामा क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न हुने र संलग्न गराउने गरेको पाइएको भन्दै राष्ट्र बैंकले भनेको छ, ‘उपर्युक्त किसिमका गैरकानूनी वित्तिय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुन्छ।’

हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी हरुको कारोबार/प्रयोग गर्न तथा त्यस्ता भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी हरुसँग सम्बन्धित हाएपर फण्ड जस्ता कोषमा लगानी गर्न पिरामिडमा आधारित नेटवर्कीङ मार्केटीङमा आवद्ध हुन प्रोत्साहन गर्ने /गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.