९ माघ, काठमाडौं : सरकारले ४० लाख मोर्डना खोप मंगलबारसम्म आइपुग्ने जनाएको छ ।
स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि ४० लाख मोर्डना खोप आउने बताए ।
सरकारले विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत ४० लाख खोप खरिद गरेको हो । उक्त खोप १७ वटा जिल्लाका बालबालिका लागि दिइने विभागले जनाएको छ ।

























