१ हजार ४१६ जना संक्रमण मुक्त : ६ हजार ४६२ जनामा संक्रमण पुष्टि

A notice in Nepali from Mechinagar Ward No. 10

९ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ जनामा संक्रमण देखिएको छ भने ४ हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १७ हजार ४३७ जनाको कोरोना परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ४ जनाको ज्यान गएको छ ।

त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख १० हजार ३९४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख १२ हजार ९१३ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख २१ हजार ६९९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.