बीबीसी वर्ष २०२० को सय महिलाको सूचीमा नेपालकी सपना

A notice in Nepali from Mechinagar Ward No. 10

मंसिर ९, २०७७
काठमाडौँ — बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् ।

बीबीसीले १०० महिला कार्यक्रम शृङ्खलाअन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा सपना परेकी हुन् । बीबीसीले सन् २०१३ देखि यस्तो सूची प्रकाशित गर्दै आएको छ ।

सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सय बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् । सडकमै अलपत्र अवस्थामा परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काममा सपना निरन्तर खट्दै आएकी छिन् ।

यस्तै बेवारिसे शव व्यवस्थापनमा लामो समयदेखि खटिरहेका विनयजंग बस्नेतसँग मिलेर उनले काम गरिरहेकी छिन् । जसलाई उनी कर्मबुवा पनि मान्छिन् ।

‘विश्वमा थुप्रै मानिस घरबारविहीन छन् । सडकमै मृत्यु भएकाहरुको उचित अन्तिम संस्कार हुनुपर्छ । मैले यो काम समाज सेवाका लागि होइन, आत्मशान्तिका लागि गर्दै आएकी हुँ,’ उनले बीबीसीसँग भनेकी छिन् ।

सपनासँगै यस वर्ष बीबीसीले प्रकाशित गरेको १०० महिलाको सूचीमा फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन, कोलम्बियाकी मेयर क्लाउडिया लोपेज, पाकिस्तानी अभिनेत्री माहिरा खान, बेलायती कवि ज्याकी के, बेलायती वैज्ञानिक सारा गिल्बर्ट, अमेरिकी गायिका किरण गान्धी, चिनियाँ लेखक फाङ फाङलगायतका विभिन्न क्षेत्रमा सक्रिय व्यक्ति रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.