अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सरसफाई तथा रक्तदान कार्यक्रम

A notice in Nepali from Mechinagar Ward No. 10

११ माघ, मेचीनगर : ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मंगलबार झापाको मेचीनगरमा सरसफाई तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मेची भन्सार कार्यालय काँकरभिट्टाले मेची भन्सार एजेण्ट संघको सहयोगमा भन्सार सरसफाई तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडकोप्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा प्रमुख भन्सार अधिकृत केशवराज ओलीले एघारौँ पटक रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।संकलित रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्चार सेवा केन्द्र झापा शाखा, भद्रपुर विर्तामोडलाई हस्तान्तरण गरिएको छ ।

प्राविधिकहरु सरीता विश्वकर्मा, करुणा कार्की, सुष्मिता थेवे र अमिशा दाहालले रगत संकलन गर्नुभएको थियो । कार्यक्रममा भन्सार अधिकारी, नेपाल प्रहरीसहित सर्वसाधारणले रक्तदान गरेका थिए । भन्सार अधिकारीहरु, मेची भन्सार एजेण्ट संघका अध्यक्ष मोहन निरौला, उपाध्यक्ष आशेक श्रेष्ठ, सचिव कृष्णकान्त खनियाँ ‐नवराज) नेपाली काँग्रेस झापाकाउपसभापति केशवराज पाण्डेलगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

हरेक वर्ष २६ जनवरीमा ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रम गरेर मनाउने गरिएको छ । भोली बुधबार ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईदैं छ । यसवर्षको नारा ‘डेटा संस्कृति अँगालेर र डाटा इकोसिस्टम निर्माण गरेर भन्सार डिजिटल ट्रान्सफरमेसनको स्केलिङ’ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.