टेलिकमको तार चोरी गर्ने एक पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

११ माघ, मेचीनगर : इलाका प्रहरी कार्यालय काँकरभिट्टाले टेलिकमको तार चोरी गर्ने एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम बंगाल दार्जिलिङ जिल्ला नक्शलवाडी थाना गंगाईजोत ग्रामपञ्चायतका ३२ वर्षीय मालिक वर्मन रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार विहान २ बजे झापाको मेचीनगर ६ काँकरभिट्टाको भट्टराईचोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरुसहित १६ मिटर कालो टेलिफोन तार बरामद गरेको छ । पक्राउ परेका उनीमाथि काँकरभिट्टा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पक्राउ परेकालाई चोरी ऐन अन्तर्गत थप अनुसन्धानसँगै कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । झापाको मेचीनगरमा पछिल्लो एकवर्षयता श्रृखलावद्घरुपमा भइरहेको टेलिफोनको केवुल ‐तार) चोरीका घटना अझै रोकिएका छैनन् । यसमा संलग्नको प्रहरीले गोप्यरुपमा खोजी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.