११ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ४० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार ४३२ जनामा संक्रमण देखिएको छ भने ७ हजार ८०६ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ५७६ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा २५ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ८ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख २७ हजार ८८० जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख १७ हजार ७५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख २७ हजार २७९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

























