१६ माघ, मेचीनगर : सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोस्ट ‐वीओपी) काँकरभिट्टाले विभिन्न प्रकारका १० दशमलव ९ सय ५१ ग्राम ८८ मिलिग्राम तयारी अवस्थाका गाजा र ३४ दशमलव ६६ ग्राम ब्राउन सुगर लागूऔषधसहित ७ जनालाई नियन्त्रणमा लिइएका छ ।
२०७८ वैशाख १ देखि २०७८ मंसिर २५ गतेसम्म नगरका विभिन्न स्थानबाट उक्त परिमाणको लागूऔषध सशस्त्र प्रहरीले नियन्त्रणमा लिईएको हो ।
सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोस्ट ‐वीओपी) काँकरभिट्टाका प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईका अनुसार नेपाल भारतको खुल्ला सिमाना तथा सीमावर्ती भारतीय बजारममा नेपालमा प्रतिबन्धित लागूऔषध सहजरुपमा रुपमा पाइने भएकाले नेपाली सेवनकर्ता र कारोवारी भारतीय बजार पुग्ने गरेका छन् ।
बैशाख महिनामा १ दशमलव २५ ग्राम ब्राउन सुगर र त्यसमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिईएको थियो । असारमा १८ दशमलव २३ ग्राम ब्राउन सुगर र २ जना व्यक्ति, असोजमा १० दशमलव ४ सय १० केजी र ५ सय ५१ ग्राम ८८ मिलिग्राम तथा मंसिरमा १५ ग्राम र एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ । यी सहित लुपिजेसिक, फेनारगन र डाईजिपाम इञ्जेक्सन समेत प्रहरीले फेला पार्ने गरेको छ ।
नेपालमा प्रयोग तथा ओसार पसारमा कडाइ गरेपछि नेपालका विभिन्न क्षेत्रबाट नेपाली लागूऔषध प्रयागकर्ताहरु भारतीय बजार धाउने गरेका छन् । भारतीय बजारबाट खरिद गरी प्रहरीको आँखा छलेर नेपाल भित्रियाइएका त्यस्ता औषधि झापाका बिभिन्न ग्रामीणक्षेत्रदेखि पूर्वी पहाडी जिल्लामा समेत पुर्याएर महंगो मूल्यमा बिक्री हुने गरेका छन् ।
काँकरभिट्टानाका हुदैं भित्रिएका औषधी दमक र धरान सम्म पुग्ने प्रहरीको भनाई छ । भारतीय बजारबाट नेपाल भित्रियाउन सके दोब्बर नाफा हुने हुदाँ खरिद गर्ने बेलामा मूल्य कसैले हेदैंनन् । यसमा प्रश्स्त नाफा हुने हुदाँ यसको तस्करी हुन थालेको प्रहरीको भनाई छ । लागूऔषध प्रयोगकर्ताले जताभावी प्रयोग गरी दुरुपयोग गर्न थालेकाले समेत यसको मूल्य बढेको प्रहरीको अनुमान छ । भारतीय बजार पुगेर यो नाकाहुँदै आउन अधिकाँश सेवनकर्ता मात्रै रहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार सेवनकर्तालाई परामर्श दिने, आफन्तलाई बोलाएर सम्झाउँने समेत गर्ने गरिएको छ ।
‘सेवनकर्ताले भारतीय बजारबाटै सेवन गरेर आएका हुन्छन्’ एक प्रहरी अनुसन्धान अधिकृत भन्छन् — ‘उनीहरुले नै आफैलाई सेवन गर्नका लागि सानो परिमाणमा लिएर आउने गर्छन ।’ नाकामा प्रहरीले त्यस्ता विरुद्घ चेकजाँचलाइ कडा पारेपछि कारोवारीहरुले तस्करीका बेग्ला बेग्लै नयाँ नयाँ जुक्ति अप्नाउन थालेको प्रहरीको भनाई छ ।
कारोवारीहरुले लागूऔषध भित्रियाउन गुप्तांगदेखि आफैले लगाएका कपडाहरुमा चोर गोजी बनाएर, हेल्मेट, मोटरसाइकलको सिट, जुत्ता तेल बोक्ने जर्कीनसम्म प्रयोग गर्ने गरेको प्रहरीको भनाई छ ।
प्रतिबन्धित लुपिजेसिक, फेनारगन र डाईजिपामको लुकिछिपी तस्करीमा संलग्नले पूर्वी पहाडी जिल्लामा समेत पुर्याएर महंगो मूल्यमा बिक्री गर्ने गरेको लागूऔषध नियन्त्रणमा खटिएका एक प्रहरीको भनाई छ । यसले पनि युवा यस्तो कुलतमा फस्ने गरेको प्रहरीको भनाई छ । विशेषगरि झापाको सीमावर्ती भारतीय बजार पानीट्याँकी र मोरङको जोगवनी नाकाबाट भित्रियाएका यस्ता लागू औषध ईलाम, पाँचथर ताप्लेजुङ लगायतका बजारसम्म पुग्ने गरेको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।
नेपाल प्रहरीले भारतीय समकक्षीहरुसंग बसेर यसबारेमा पटक पटक छलफल समेत गरेको छ । खुल्ला सीमा एकातिर छ भने अर्कातिर पर्याप्त जनशक्ति र श्रोत साधन छैन अनि प्रहरीले सोचे अनुसार सफलता हासील गर्न सकेको छैन् । बिशेष गरि लागूऔषधको लतमा फस्नुको कारण साथीभाईकै लै लै, अघिल्लो पुस्ताको सिको, रहर जनचेतना, शिक्षा, बेरोजगार, कतिपय घरपरिवारको वातावरण बिथोलिएर मानसिक तनाव कम गर्ने बहानामा अधिकतर कुलतमा फस्ने गरेको लागूऔषध नियन्त्रणमा अगुवाहरुको भनाई छ । लागूऔषध कारोवारमा संगठित रुपमै सक्रिय भएकाले पनि प्रहरीलाई चुनौती भएको प्रहरीको भनाई छ । यसमा उच्च घरानका देखि निम्न घरानका सबै वर्ग, समुदायका सदस्यहरु संलग्न हुने भएकाले ठुलो च्यानल हुने हुदाँ मुख्य अपराधि समक्ष पुग्नै नसकिने प्रहरीको अनुभव छ ।
लागूऔषध एैन २०३३ मा लागूऔषध उत्पादन, भण्डार, बेचबिखन तथा ओसारपसारमा संलग्नलाई दुईबर्षदेखि १५ बर्षसम्म कैद वा दुईलाख रुपैयाँसम्म जरिवना तथा प्रयोगकर्तालाई एकमहिनाको कैद तथा दुईहजार रुपैयाँ जरिवानाहुने वा सुधार केन्द्र पठाउन सकिने कानुनी व्यबस्था रहेको छ ।

























