स्वास्थ्य सामग्री हस्तान्तरण

A notice in Nepali from Mechinagar Ward No. 10

१७ माघ, मेचीनगर : मेचीनगर नगरपालिकाको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई विश्व स्वास्थ्य संगठनले सहयोग रुवरुप प्रदान गरेको स्वास्थ्य सामाग्री सोमबार नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ परिसरमा आयोजित हस्तान्तरण समारोहमा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सुभेक्षा सुवेदी, इडीसीडीका डाक्टर अमृत पोखरेलले हस्तान्तरण गर्नुभएको थियो ।

आइओएमका राकेश यादव, एचडीआइका भोलामान थापासहितको उपस्थितिमा ती सामग्री प्रदान गरिएको हो । उक्त समाग्री ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’मा प्रयोग हुने नगरपालिकाले जनाएको छ ।

सामग्री हस्तान्तरण कार्यक्रममा आइओएमबाट ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’का लागि मेचीनगर नगरपालिकासँग समन्वय गरी थप अत्यवश्यक सामग्री, सार्वजनिक शौचालय, खानेपानीतथा अन्य सहयोग गर्ने बताईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.