Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अन्तर्राष्ट्रिय

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश- सीमा समस्या मिलेर सल्टाऔं

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • November 27, 2020
  • 6:22 AM
  • No Comments
भित्र अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, राष्ट्रिय
189 2
A A
Share on FacebookShare on Twitter

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भारतीय विदेश सचिवसँगको भेटवार्ता। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भारतीय विदेश सचिवसँगको भेटवार्ता।
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताबाटै समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलासँग बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्‍याइदिन आग्रह गरेका हुन्।

ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार सचिव श्रृंगलाले दुई देशबीच आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश सुनाएका थिए।

‘सीमा लगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपले समस्या समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ उक्त भेटमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सल्लाहकार भट्टराईले भने, ‘हाम्राबीच सीमा विवाद एकाएक सिर्जना भएका होइनन्। इतिहासले विरासतमा छाडेका समस्या हुन्। यसलाई थाती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौं। यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गरेका हुन्।
नेपालको उक्त भनाइमा भारतीय सचिव श्रृंगलाको जवाफ के थियो भन्ने प्रश्नमा सल्लाहकार डा. भट्टराईले भने, ‘परराष्ट्र सचिवस्तरीय आजको वार्तामा दुई देशबीच सहकार्य र आपसी सबै विषयमा छलफल भएको भारतीय सचिवले अवगत गराउनुभयो। उहाँले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणाममूलक बनाउन पहल गर्ने विश्वास पनि दिलाउनुभएको छ।’

यसअघि भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए। त्यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने बताएका थिए।

प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिवसँगको भेटमा नेपालको भू-भाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए। नेपाल तटस्थ रहेर कसैको पनि ‘कार्ड’ का रूपमा प्रयोग नहुने उनले बताए।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसलाई संघीय संसदबाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो।

त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएको स्थितिमा पछिल्ला समय भारतीय पक्षबाट भएका नेपाल भ्रमण र भेटवार्ताले वातावरण सहज हुँदै गएको छ।

गत महिना भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए।

बिहीबारै नेपाल आएका भारतीय विदेश सचिव शृंगलाले दिउँसो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए भने दुई मुलुकका परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ताको नेतृत्व गरेका थिए।

उनले बिहीबार साँझ शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरे। उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन्

Share35Tweet22SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल माघ २४ गते मंगलबार)

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

काँकरभिट्टा नाकामा होल्डिङ सेन्टर हटाउने माग राख्दै गर्दा बाँके जमुनाह सीमाबाट हट्यो होल्डिङ सेन्टर

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In