गीतकार थिरेन्द्र दाहालको रचनामा गायक योगेन्द्र उपाध्यायको आवाजमा नयाँ गीत सार्वजनिक गरिएको छ।
“धनकुटा धरान” बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो। थिरेन्द्र दाहालको शब्द , योगेन्द्र उपाध्यायको स्वर तथा सङ्गीत रहेको गीतमा विष्णु अधिकारीको एरेञ्ज रहेको छ।
गीतकार थिरेन्द्र दाहालद्वारा लिखित यस गीतमा पूर्वको पर्यटकीय गन्तव्यहरु धरान तथा धनकुटाका रमणीय स्थलहरुको बयान गरिएको छ ।
गायक योगेन्द्र उपाध्याय र गीतकार थिरेन्द्र दाहालको सहकार्यमा सार्वजनिक भएको यो तेस्रो गीत हो । यसअघि ‘यो तापमा’ र ‘मेरो गीतमा’ बोलको गीत पनि सार्वजनिक भएको थियो। उत्कृष्ट गीतहरु दिदै जाने योजनामा रहेका दाहाल नेपाल सरकारको अधिकृत स्तरका कर्मचारी हुन् । पेशाले उनी इन्जिनियर हुन् ।
गीत सुन्नको लागि तलको लिङ्कमा जानुहोला..
























