चारमहिनामा ३ अर्ब रुपैयाँ बढी राजस्व संकलन

A notice in Nepali from Mechinagar Ward No. 10

मेरो मेचीनगर डेस्क
काँकरभिट्टा, १२ मंसिर/ मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चारमहिनामा ३ अर्ब ३८ करोड ७२ लाख १२ हजार १ सय ९१ रुपैयाँ वा १ सय ११ दशमलव २ प्रतिशत राजस्व संकलन गरेको छ ।

भन्सार अधिकारीहरुका अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्त सम्म कार्यालयले ३ अर्ब ४ करोड ८२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि लक्ष्यको तुलनामा ११ दशमलव २ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

कात्तिक मसान्त सम्म ५७ करोड ८५ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि ९५ करोड ७५ लाख ८१ हजार ८ सय ६३ रुपैयाँ वा १ सय ६५ दशमलव ५२ प्रतिशत राजस्व संकलन गरेको छ । मंसिर मसान्तको लक्ष्य १ अर्ब ३८ करोड ६८ लाख ९४ हजार रुपैयाँ भएपनि मंसिर ११ गते सम्म ३८ करोड २८ लाख ४ हजार ६० रुपैयाँ वा २७ दशमलव ६० प्रतिशत राजस्व संकलन भएको छ ।

यो नाका भएर मुख्यगरी पेट्रोलियम पदार्थ, क्लिङ्कर्स, तयारी कपडा, जुस, आलु लसुनगरी १० प्रकारका वस्तुले राजस्वमा उल्लेखनिय टेवा पुरयाएका छन् । कार्यालयको तथ्याङ्क शाखाका अनुसार सो अवधिमा यो नाका भएर ७१ करोड ६३ लाख ३६ हजार ३ सय ६३ रुपैयाँ मुल्य बराबरको १६ हजार १ सय १६ किलो लिछर डिजल आयात हुदाँ ५३ करोड १८ लाख ९६ हजार ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, ३६ करोड ७६ लाख २७ हजार ४ सय ९९ रुपैयाँ मुल्य बराबरको ८ हजार १ सय ८४ किलो लिटर पेट्रोल आयात हुदाँ ४१ करोड ३ लाख १० हजार ८३ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

कुल मुल्यमा मूल्य अभिवृद्धि कर भ्याट र प्रति किलोलिटरमा भन्सार महशुल लाग्ने गर्दछ । यो नाका भएर खाना पकाउने एलपी ग्यास, मट्टितेल तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्कर्स, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका,रंगीन टेलिभिजन,ग्लेज टाईल,लुब्रिकेटीङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याकगर्ने ट्यूवहरुलगायत विभिन्न सामाग्री भारत तथा तेश्रोमुलुकबाट पैठारी हुने गरेका छन् । मुसुरो दाल, भेनीयर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुटी फलामे संरचनाहरु, रागा भैसी आदि, अदुवा, सुठो, सुंगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपर, लगायतका बस्तुहर नेपालबाट भारत तथा समुन्द्रपार निकासी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.