स्थानीय तह निर्वाचनबारे सरकारको निर्णय संविधानसम्मत छ : महामन्त्री थापा

A notice in Nepali from Mechinagar Ward No. 10

२५ माघ, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वैशाख ३० मा स्थानीय तह निर्वाचन गर्ने सरकारको निर्णय संविधानसम्मत रहेको बताएका छन्।

थापाले मंगलवार बिहान सामाजिक सञ्जाल ट्विटरमा सरकारले तोकेको स्थानीय तहको निर्वाचनको मिति संविधानको मर्मअनुरूप भएको उल्लेख गरेका छन्।

‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय उपयुक्त छ,’ उनले लेखेका छन्‚ ‘संविधानको मर्म अनुरूप छ।’

‘स्थानीय तह रिक्त हुन्छ कि भन्ने आशंका हटेको छ‚’ उनले उल्लेख गरेका छन्‚ ‘अनि निर्वाचन टार्ने गरी भएका अनेकन बहस अब सकिएका छन्। सबैले सदैव हेक्का राख्नु पर्दछ-संविधान र लोकतन्त्रको मर्म विपरीत हिँड्ने छुट कसैलाई छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.