Tuesday, February 7, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मनोरन्जन

नेपाली गीत सङ्गीतको विकासमा विदेशी स्रष्टाहरुको पनि योगदान छ

गायक, रचनाकार तथा सङ्गीतकार योगेन्द्र उपाध्याय निरौला

  • सि. एन. गौतम सि. एन. गौतम
  • November 28, 2020
  • 10:22 AM
  • No Comments
भित्र मनोरन्जन, राष्ट्रिय, विचार / समीक्षा / अन्तर्वार्ता, साहित्य / कला, स्थानीय समाचार
256 3
A A
Share on FacebookShare on Twitter

झापाको मेचीनगर काँकरभिट्टामा माता बिष्णुमाया र पिता देवीप्रसाद निरौलाको तेस्रो सन्तानमध्ये कान्छो सुपुत्रका रुपमा जन्मिएका योगेन्द्र उपाध्याय निरौला एक दशकदेखि नेपाली आधुनिक गीत सङ्गीतमा सकृय भएर लागेका सर्जक हुन् । सङ्गीतमै स्नातकोत्तर गरेका उनले रेडियो नेपाल आधुनिक गायन प्रतियोगितामा गायन र सङ्गीतमा उत्कृष्टता हासिल गरेका छन् । रियालिटी सो ‘नेपाल आईडलका’ प्री जज् को समेत भूमिका निभाइसकेका उनी ‘द भोईस अफ नेपाल’ सिजन वानका कडा प्रतिस्पर्धी थिए । उनले ‘प्रतिभाशाली नव गायक’ को रुपमा इमेज अवार्ड समेत प्राप्त गरेका छन् । दर्जनौ आधुनिक गायन तथा भजन प्रतियोगितामा सम्मानित भएका उनले रेडियो नेपालबाट गायन तथा सङ्गीतमा ‘क’ श्रेणीको प्रमाणपत्र प्राप्त गरेका छन् ।
।
आज हामी गायक, रचनाकार तथा सङ्गीतकार योगेन्द्र उपाध्याय निरौलासँग मेरो मेचीनगर डट कमले तयार पारेको अन्तर्वाता प्रस्तुत गर्दैछौ ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

सामान्यतया आजभोलि पहिलाको भन्दा व्यस्तता फरक छ । पहिले विभिन्न स्कुलहरुमा सङ्गीतको अध्यापन सँगसगै नयाँ नयाँ गीत सङगीत सृजनामा व्य्स्त हुन्थें भने आजभोलि चाहीं सङ्गीतसँग रिलेटेड विषयहरुको अध्ययन गर्दै सङ्गीत सृजनाका कामहरु गरिरहेको छु ।

अहिलेको लकडाउनले गीत सङ्गीतलाई कतिको प्रभाव पारेको छ ?

लक डाउनले सङ्गीत क्षेत्रलाई पनि असर त पारेकै छ । तर मेरो नजरमा यो क्षेत्रमा चैं नकारात्मक थोरै सकारात्मक धेरै असर भएको जस्तो लाग्छ । किनभने यो समय आँफूलाई अझ निखार्न र आफ्नो बिषय संगसँगै सम्बन्धित बिषयहरुलाई पनि बुझ्नको लागि यो फुर्सद उपयुक्त समय भयो भन्ने मेरो बुझाई छ ।

तपाईंको नयाँ कामहरु के हुँदैछन् ?

नयाँ काममा भर्खरै एउटा ‘कान्छी मोरी ‘ बोलको गीतको अडियो सकेर भिडियो हुँदैछ । जसमा मेरो सङ्गीत, डीपी खनालको रचना र दीपक भुजेलको स्वर रहेको छ । त्यसैगरी अर्को एउटा नयाँ गीत “घिर्लिङ्ग घिर्लिङ्गमा” बोलको गीता धुन भर्ने काम सकाएर अडियोको कामहरु धमाधम हुँदैछन् । त्यस्तै अन्य सङ्गीतकारसँग गीत, भजन, जनचेतानामुलक गीतमा सहकार्य भईरहेको छ ।

अहिलेको नेपाली गीत सङ्गगीतलाई कसरी लिनुभएको छ ?

आजभोलि नेपाली सङ्गीतमा राम्रा नराम्रा दुवै पक्षहरु छन् । सस्तो लोकप्रियाताको लागि खरायोहरू कुदिरहेका छन् । राम्रा सृजना गर्ने कछुवाहरु आफ्नै तालले हिडिरहेका छन् । बिडम्वना प्रायः मिडियाहरु खरायोहरुको पछी दगुरिरहेका छन् ।

संगीतकर्मीहरु प्रविधिसँग कतिको नजिक हुन जरुरी छ ?

राम्रो प्रश्न गर्नु भयो । यो सान्दर्भिक पनि छ । हामी अहिले आधुनिक डिजिटल यूगमा छौं। जुनसुकै क्षेत्रको मान्छे होस्, प्रविधिसँग नजिक हुन जरूरी नै भईसकेकोछ । हेर्नुहोस् रेडियो टिभी पनि पूरानो प्रविधि भईसक्यो आजभोली । फेसबुक, युट्युब जस्ता बिभिन्न अनलाइन मिडियाहरु प्राय सबैको पहुँचमा छ । त्यसैले एउटा गायक/सङ्गीतकार पनि प्रविधिसँग अपडेट छैन भने त्यो पछि पर्ने कुरा लगभग निस्चित नै छ ।

अहिले भाइरल बन्न खोज्नेहरुको भीडलाई कसरी हेर्नुहुन्छ ?

खरायो र कछुवाको कथा जस्तै हो । मैले पहिला नै भनिसकें ।अरू भन्दा पनि नेपाली संचार माध्यममा खासगरी युट्युबका धेरैजसो पत्रकार साथीहरु नै गीत सङ्गीतको विषय भित्र हचुवाको भरमा लेख्ने बोल्ने गरेको पाउँछु । कहींकतै एउटा राम्रो गाउने मान्छे भेटियो भने “अर्को नारायण गोपालको जन्म” भनेर लेखिहाल्ने र भाईरल बनाउन तछाडमछाड गरेको देख्नु नै भएको होला । जसलाई नी नारायण गोपाल !!! अशोक दर्जी पनि नारायण गोपाल, जन्तरे मामा पनि नारायण गोपाल !!!पहिला नारायण गोपाल बारेमा अध्ययन गरौं, थाहा पाउँ अनी भनौँ । ठीकै छ, उनीहरु प्रतिभावान होलान् तर नारायण गोपाल नै भनिहाल्नु त भएन नि । यो उदाहरण मात्र हो । यस्ता युट्युबरहरुका कारण पनि सङ्गीतमा लागेका राम्रा स्रस्टालाई खिन्नता महसुस हुन्छ ।

सङ्गीतमा लागेर के पाउनु भो के गुमाउनु भो ?

सबैभन्दा ठुलो कुरो मैले मैले भरपुर आत्मसन्तुष्टि पाएको छु । मेरो आफ्नो रोजाईको बिषय अन्तर्गत रहेर म बाँच्न सकेको छु । यसैबाट धेरै नभएपनी पुग्ने गरी आयआर्जन पनि गरेको छु । सङ्गीतमा नलागेको भए आर्थिक रूपमा अलिक प्रगती गर्थे होला । तर अब त्यो आफ्नो हातमा आउँदै नआएको कुरालाई
कसरी गुमाएको छु भन्नु र हाहाहा …

नेपाली गीत सङ्गीतमा कुन कुन स्रस्टाहरुको महत्वपूर्ण योगदान छ ?

धेरै हुनुहुन्छ । अझ म त भन्छु नेपाली गीत सङ्गीतको विकासमा कतिपय विदेशी स्रष्टाहरुको योगदान पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा रहेको छ । यो प्रश्नको उत्तर त्यती छोटो हुँदैन । त्यसैले समग्रमा भन्नुपर्ने हुन्छ । नाम लिँदा पनि महत्वपूर्ण स्रस्टाहरुको नाम छुट्ने सम्भावना हुने भएकोले समग्रमा धेरै जना हुनुहुन्छ ।

मनिसको जीवनमा सङ्गीत कति आवश्यक छ ?

तपाईं कल्पना गर्नुहोस् त सङ्गीत बिनाको संसार कती निरस, कती कठोर होला । साहित्य, कला र संगीतलाई कुनैपनि देशको भौगोलिक सीमाले बाँध्न सक्दैन तर देशलाई चिनाउने कुरामा सबैभन्दा महत्वपुर्ण स्थानमा यिनीहरु नै हुन्छन् । गीत सङ्गीतले पूरा देश, समूदाय, धर्म, संस्कृतिलाई चिनाएको हुन्छ । मान्छे केबल मनोरन्जन लिन मात्र होइन, जटील बिरामीको औषधोपचार, मेडिटेसनमा, जनचेतना दिन, शासक विरुद्द आवाज बुलन्द गर्न पनि गीत सङ्गीतको भुमिका देखेका छौं हामिले । वास्तवमा यसलाई परिभाषित गर्न पनि गाह्रो छ ।त्यसैले मानव जीवनको अभिन्न अङ्ग जस्तै हो ।

अबको योजना के रहेको छ ?

कोरोनाको महामारी यथावत भएपनि सकृय रूपमा आँफूलाई गीत सङ्गीतका सृजनामा बाक्लो उपस्थिति जनाउँदैछु । कर्म गर्दै जाने हो, अघि बढ्ने हो । बाँकी भगवानको हातमा ।

अन्त्यमा तपाईंका स्रोता साथीभाइ र फ्यानहरुलाई के भन्न चाहनुहुन्छ ?

मेरा स्रोता, दर्शकलाई नेपाली गीत सङ्गीत सुन्नुहोस् । लोक, पप, आधुनिक, मेटल, र्याप जे सुन्नुहोस् तर गीतले बोलेको अर्थ र भावना बुझ्नुहोस् । समाजमा विकृति, विसंगती फैलाउने खालका गीतसंगीतलाई निषेध गर्नुहोस् र यदी मलाई अझ नजिकबाट बुझ्न चाहनुहुन्छ भने मेरो आफ्नै,योगेन्द्र उपाध्याय अफिसियल नामक युटुब च्यानल पनि छ । यसबाट मलाई अझ बढी चिन्नुहुनेछ । म आफ्नो जन्मस्थल काँकरभिट्टा छोडेर काठमाण्डौमा छु । मेरा साथीहरु, अग्रजहरु विशेषगरी काँकरभिट्टा माध्यमिक विद्यालयका मेरा गुरु गुरुमाहरु साथीभाइहरुलाई म विशेष सम्झन चाहन्छु र अन्तर्वाता लिई मलाई मेरो बिचार राख्न दिनुभएकोमा मेरो मेचीनगर डट कमलाई विशेष आभार प्रकट गर्दछु ।

Share48Tweet30SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण
मुख्य समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

February 7, 2023
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ
मुख्य समाचार

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा पद तथा गोपनीयताको शपथ

February 7, 2023
अवैध रुपमा नदी उत्खनन गर्ने सवारी साधन कारबाहीमा : दशदिनमा दुईलाख रुपैयाँ बढी राजस्व जम्मा
मुख्य समाचार

ठेक्कादारद्वारा नगरपालिका कार्यालयमा तालाबन्दी

February 7, 2023
कानून / अपराध

लोक सेवाले स्थगित गर्‍यो शाखा अधिकृतको परीक्षा

February 7, 2023
जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान
प्रदेश-१

जेष्ठ नागरिक समितिद्वारा उत्कृष्ट सासुबुहारीलाई सम्मान

February 6, 2023
मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित
अर्थ / वाणिज्य

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

February 5, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

आज उद्योग वाणिज्य महासंघको निर्वाचन हुँदै

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In