<strong>२६ माघ, मेचीनगर :</strong> पछिल्लो २४ घण्टामा ७ हजार ७७७ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८५१ जनामा संक्रमण देखिएको छ भने ४ हजार ७५३ जनाको एन्टिजेन परीक्षण गर्दा ५५० जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार ३५६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार २४१ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज १४ जनाको ज्यान गएको छ । त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७० हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३६ हजार १५५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख २८ हजार ३६९ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।