होटल याक एण्ड यती बन्द गर्न निर्देशन, ‘पाँच तारे’ वर्गीकरण पनि रद्द

A notice in Nepali from Mechinagar Ward No. 10

२६ माघ, काठमाडौँ : पर्यटन विभागले काठमाडौं दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यसमा रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ ।

होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाा ४२ पैसा बुझाउन बााकी रहेको भन्दै पर्यटन विभागले होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो । पटक-पटक सूचना र पत्रमार्फत ताकेता गर्दा पनि रोयल्टी नतिरेको भन्दै मन्त्रीस्तरीय निर्णयमार्फत नै होटललाई कारवाही गरिएको हो ।

बुझाउन बााकी रोयल्टी र नवीकरण दस्तुर बुझाउन पटक पटक पत्राचार गरेको र गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दा पनि बेवास्ता गरेकाले माघ २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले होटलको अचल सम्पत्ति रोक्का राख्ने, बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार रोक्का राख्ने निर्णय गरेका थिए । मन्त्री आलेले ५ तारेस्तरको होटल वर्गीकरण प्रमाणपत्र पनि रद्ध गर्ने निर्णय गरेको पर्यटन विभागले होटलललाई लेखेको पत्रमा उल्लेख छ ।

‘होटल तथा क्यासिनो सञ्चालन नगर्नू नगराउनू हुन सूचित गरिन्छ,’ पत्रमा भनिएको छ ।

हेर्नुहोस् पर्यटन विभागको पत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.