<strong>२९ माघ, मेचीनगर :</strong> पछिल्लो २४ घण्टामा १ हजार ८३६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८३६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २६० जनाको पीसीआर परीक्षण गर्दा ४९१ जनामा संक्रमण देखिएको छ भने २ हजार ३९४ जनाको एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा ६ हजार ६५४ जनाको कोरोना परीक्षण गर्दा ८३६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ४ जनाको ज्यान गएको छ । त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ९ लाख ७२ हजार ६३२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख ३७ हजार ३१८ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ९ लाख ३४ हजार ६४८ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।