धरान / बन्द रहेको धरानको बुढासुब्बा मन्दिरमा आज शनिबार भक्तजनहरूको घुइँचो लागेको छ ।
कोरोनाको कारण मन्दिर बन्द रहेको मन्दिरमा भक्तजनको आज ठुलो भिड लागेको हो । आज धेरै भक्तजनहरू बुढासुब्बा मन्दिरमा पूजा गर्न आएका छन् ।
प्रशासनले कोरोनाको कारण मठ मन्दिर बन्द गरेका कारण धरानको विजयपुरमा रहेका कुनै पनि मठमन्दिर भक्तजनका लागी खुल्ला छैन।
बराहक्षेत्र, भेडेटारको पाथीभरा लगायतका मन्दिर भने खुल्ला रहेको तर विजयपुरका मन्दिरहरूलाई प्रशासनले भेदभाव गरेको बुढासुब्बा का प्रेम प्रसाद पराजुलीले बताए ।