संघीय सरकारले भन्नु अगाडि नै प्रदेश प्रहरी ऐन निर्माण गर्यौँ:कानुनमन्त्री हिक्मत कुमार कार्की

१४ आइतबार ,मङ्सिर २०७७
इटहरी/ प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रहरीका लागि आवश्यक कानुन (प्रदेश प्रहरी) ऐन बनिसकेको जानकारी दिएका छन् । शुक्रबार इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रदेश प्रहरीका लागि आवश्यक कानुन तयार भएको जानकारी दिएका हुन् । उनले संघिय सरकारलाई दबाब दिन पहिला नै कानुन तयार गरेको जानकारी दिएका छन् । ‘एउटा नेपाली उखान नि, नानी पाउनु कहिले कहिले कन्दानी बाट्नु अहिले । हो यस्तै गरेका छौँ हामीले । हामीले प्रदेश प्रहरी ऐन संघीय सरकारले भन्नु अगाडि नै निर्माण गर्यौँ । हामीले संघीय सरकारलाई दवाव दिनकै लागि भए पनि पहिला नै कानुन बनाएका हौँ’, कार्कीले भने ।

साथै उनले पहिला नै कानुन बनाउँदा अन्य कुरामा पनि सहज हुने प्रतिक्रिया दिएका छन् । साथै अन्य प्रदेशलाई पनि यो कानुनले सहजता प्रदान गर्ने उनको विश्वास छ । ‘सुरुमा नै कानुन बनाउँदा हामीलाई अन्य कामको लागि पनि सहजता प्राप्त हुन्छ । अनि अर्को कुरा, अन्य प्रदेशलाई पनि प्रदेश प्रहरी ऐन बनाउन सहज पनि हुन्छ । त्यसैले हामीले कानुन बनाउँन हतार गर्यौँ’, उनले भने । उनले २०१२ मा बनेको प्रहरी ऐन अहिलेसम्म त्यहि लागू गर्दा धेरै त्रुटि हरेको बताएका छन् । ‘प्रहरी ऐन २०१२ मा नै बनेको छ । अहिलेसम्म पनि त्यहि कानुन नेपाल प्रहरीले अबलम्बन गर्दैछ । तर त्यो कानुनलाई समय अनुसार परिमार्जन गर्नु आवश्यक छ । त्यसैले हामीले छुट्टै प्रहरी ऐन बनाएका हौँ’, उनले भने ।

उनले प्रदेशले बनाएको स्थानीय तहको सेवासुविधा सम्बन्धी कानुन देशमै अब्बल भएको बताएका छन् । उनले अन्य प्रदेशको सेवासुविधा सम्बन्धी कानुन अदालतले खारेज गर्दा हाम्रो कानुन ठिक छ भनेर कार्यान्वयन गर्न अनुमति दिएको जानकारी दिए । उनले प्रदेशमा शान्ति सुरक्षामा आँच आउने गतिविधि बढ्दै गएको भन्दा त्यसको निराकरणको लागि दरिलो कानुन निर्माण र कार्यान्वयनमा लागेको बताएका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.