११ फागुन, बर्दिया : बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाले जनाएको छ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ। बाघको आक्रमणबाट घाइते भएकी थिइन्।
उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

























