११ फागुन, मेचीनगर : विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह तथा ज्येष्ठ नागरिक राजकुमारी लामालाई बुधबार झापाको चारआलीमा सम्मान गरिएको छ ।

आइतमाया थेबे स्मृति प्रतिष्ठानले प्रतिष्ठानको ११औं वार्षिक साधारणसभा तथा आइतमाया थेबेको ९७ औं जन्मजयन्तीका अवसरमा दुई प्रतिभालाई सम्मान गरिएको हो । दुबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका संस्थापक महासचिव , अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले सम्मान गर्नुभएको थियो । प्रमुख अतिथि भण्डारीले आइतमाया थेबे स्मृति सभाकक्षको रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष लाल थेबेको अध्यक्षता तथा स्पेन, बेलायतबाट समेत उपस्थिति जनाइएको उक्त समारोहलाई प्रमुख अतिथि भण्डारी, इन्दिरा राना मगर, हर्कलाल गिरी तथा सम्मानित व्यक्तित्व पुष्कर शाह लगायतले सम्बोधन गर्नुभएको थियो ।
पूर्व सम्मानितहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा चारआली जेसिज समेतले विश्व साइकल यात्री तथा सगरमाथा आरोही शाहलाई सम्मान गरेको थियो । कार्यक्रम संस्थाका महासचिव विश्व थापाले सञ्चालन गर्नुभएको थियो ।



























