विना पासपोर्ट र टिकट विमान चढ्न लाग्दा एक व्यक्ति पक्राउ

A notice in Nepali from Mechinagar Ward No. 10

११ फागुन, काठमाडौँ : गत सोमबार (९ फागुन) राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई उड्न लागेको नेपाल एयरलायन्सको विमानको ढोकामा एक व्यक्ति विना बोर्डिङपास उभिए । शंकास्पद व्यवहारसहित लगभग विमानभित्र पसिसकेको अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले रोकेर ती व्यक्तिसँग बोर्डिङपास मागे । तर, न उनले बोर्डिङपास देखाउन सके, न अन्य कागजपत्र ।

त्यसलगत्तै नेपाल एयरलाइन्सका कर्मचारीले सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीहरुलाई बोलाए । ती व्यक्ति कसरी विमानसम्म पुगे भन्ने तथ्य प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेपछि मात्रै खुल्यो ।

त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल प्रशासन, सुरक्षा निकाय र विमानस्थलमा खटिएका अन्य निकायहरुलाई चक्मा दिने गरी विमानसम्म पुग्ने व्यक्ति रौतहटका असरफ आलम रहेको खुलेको छ ।

सोमबार राति पौने १० बजे आयल नियमको हवाई इन्धनको डिपो नजिकबाट विमानस्थलको फलामे तारबार (फेन्सिङ कम्पाउन्ड) नाघेर त्यहाँ पुगेको देखिएको ठाकुरले जानकारी दिए । विमानस्थलले सीसी टीभी फुटेजहरुमार्फत अनुसन्धान गर्दा उनी बार नाघेर विमानस्थलको पार्किङसम्म पुगेको देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.