एमसीसीबारे निर्णय लिन माओवादी र समाजवादीले बोलाए पार्टीको बैठक

A notice in Nepali from Mechinagar Ward No. 10

१५ फागुन, काठमाडौँ : एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। बैठक आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने र सो बैठकमा एमसीसीबारे छलफल हुने एक नेताले बताए।

यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादीले पनि आज ११ बजे सचिवालय बैठक बोलाएको छ। उक्त बैठकमा पनि एमसीसी बारे छलफल हुने जनाएको छ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच शनिबार पनि एमसिसीबारे छलफल भएको थियो। कांग्रेस र एमालेबीच एमसिसी पारित गर्न सहकार्य हुने संकेत पाएपछि मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादी लचिलो बनेका हुन्।

शनिबार पनि कांग्रेस र एमाले नेताहरूबीच छलफल भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिए पनि अन्तिम समयमा उनी गएका थिएनन्।

आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टीको निर्णयसहित एमसिसीको पक्षमा मतदान गर्ने प्रतिबद्धता नजनाए गठबन्धन टुट्ने कांग्रेसको अडान छ।

जनता समाजवादी पार्टीको शनिबार बसेको कार्यकारिणी बैठकमा भने एमसिसीबारे कुनै छलफल भएन।  बैठकले पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भनेर सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी तीन नेतालाई दिएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको आज बिहान छलफल हुँदैछ। त्यही छलफलले कार्यकारिणी बैठकको मिति तोक्ने र एमसिसीबारे निर्णय गर्ने जसपाका एक नेताले जानकारी दिए।

जसपामा यादव पक्ष एमसिसी परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने अडानमा छ। भट्टराई पक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.