एमसिसी नेपालको हितमा छ, पास गर्नुपर्छ : बाबुराम

‘व्याख्यात्मक घोषणा पातलो लगौँटीले लाज छोप्‍ने प्रयास मात्रै’

A notice in Nepali from Mechinagar Ward No. 10

१५ फागुन, काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्ता गठबन्धनले ल्याएको व्याख्यात्मक घोषणालाई लाज छोप्ने लगौँटीको संज्ञा दिएका छन्।

संशोधनबिना अगाडि बढाउन नसक्ने अडान राख्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई यस्तो कटाक्ष गरेका हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेपालले एमसिसी स्वीकार गरेर जानु उपयुक्त हुन्छ, सत्तापक्ष र प्रतिपक्ष एकमत भएर जानुपर्छ। एमसिसीका प्रावधान नेपालको हितमा छ।’

एमसिसीलाई विषाक्त बनाएका मित्रहरुले पातलो लगौँटी लगाएर जनतामाझ जाने कुरामा सहमत भएको टिप्पणी गरेका छन्।

उनले भने, ‘हामीले बुझेका छौँ। मित्रहरुले एमसिसीका कारणले सत्ता छाड्न सकेनन्। सत्ता छाड्दा झनै अफठ्यारो पर्ने भयाे त्यसैले लाज छोप्ने काम गरेका छन्। मेरो पालामा पूर्वाधारको रुपमा विकास गर्नको चाँहि आएको थियो। त्यसको सम्झौता २०१७ मा आएर भयो।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.