मेचीनगरमा हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन अभियानका लागि आवश्यक तयारी सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

१६ फागुन, मेचीनगर : मेचीनगरमा हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन अभियानका लागि आवश्यक तयारी सोमबारबाट सुरु गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अभियान बारे सञ्चालन गरिएको योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले हात्तीपाइले रोग, यसबाट बँच्ने उपाय, आम औषधी सेवन अभियान र अभियानका प्रभावहरुका बारे जानकारी गराउनुका साथै तयारी बारे स्पष्ट पार्नुभएको थियो ।

नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि र सरोकारवालाहरुको उपस्थिती थियो । मेचीनगरमा २८ गतेदेखि हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन अभियान शुरु हुने स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले बताउनुभयो ।

उहाँका अनुसार नगरमा यसपटक १ लाख २० हजार लाई औषधि सेवन गराउनुपर्ने हुन्छ । यसका लागि स्वास्थ्यकर्मी र स्वयम्सेविका परिचालन गरिने बताइएको छ । स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले कार्यक्रम सञ्ञ्चालन गदैं मेचीनगरमा हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन अभियानका लागि तयार गरिएको भावी योजना प्रस्तुत गर्नुभयो । नगरको स्वस्थ्य शाखाले प्रत्येक वडाका ५ ठाउँमा महिला स्वयम्सेविका, जनप्रतिनिधिहरु र सरोकारवालाहरुसँग अभियान बारे सर्वपक्षीय अन्तरक्रिया गर्ने छ ।

एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौं पटक अभियान सञ्चालन हुन लागेको हो । नगरप्रमुख आचार्यले अभियान सफल पार्न सवै नगरवासीमा आग्रह गर्नुभएको छ । हात्तीपाइले बिरुद्धको औषधीका सम्बन्धमा जनमानसमा अनावश्यक भ्रम रहेको बताउँदै विश्व स्वास्थ्य संगठनले प्रमाणित गरी प्रयोगका लागि पठाइएकोले बिनासंकोच सेवन गर्न आग्रह गर्नुभयो ।

सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनु भयो । उहाँका अनुसार यही फागुन २८ देखि आमऔषधी सेवन अभियान सञ्चालन हुनेछ । यसका लागि झापामा ६ सय स्वास्थ्यकर्मी र त्यति नै संख्यामा स्वास्थ्य स्वय्मसेविका परिचालन हुनेछन् भने जिल्लाका ८ लाख ४३ हजार नागरिकलाई औषधी सेवन गराउने लक्ष्य छ । उक्त संख्याका लागि करिब ९ लाख चक्की एडबान्डाजोल र २० लाख चक्की डीइसी औषधीको व्यवस्था गरिएको चौलागाईंको भनाइ छ ।

ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाइले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरुमा खुट्टा हात सुन्निे, पुरुषमा हाइड्रोसिल हुने, महिलामा यौनांग तथा स्तन सुन्निने हुन्छ । यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आमऔषधी सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

पछिल्लो तथ्यांक अनुसार झापामा हात्तीपाइले आशंका गरिएका २९० बिरामी छन् । तीमध्ये १ सय ४६ जनामा हाइड्रोसिल, १ सय ४० जना खुट्टा सुन्निएको र ६ जना हात र स्तन सुन्निएका बिरामी रहेको चौलागाईंले जानकारी दिनु भयो ।

उक्त औषधी ओछ्यान परेका सिकिस्त बिरामी, दुई वर्षमु्निका केटाकेटी र गर्भवती तथा तीन हप्ता सम्मका सुत्केरी बाहेक सबैले सेवन गर्न मिल्ने जिल्लाका फोकल पर्सन चौलागाईंले जानकारी दिनु भयो । नगरले अभियानभरि धुलावारीस्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा चिकित्सकसहितको टोली राख्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.