इटहरीमा १५ शैय्याको अस्पताल मुख्यमन्त्री राईद्धारा शिलान्यास

३ सय ९६ स्थानीय तहमा अस्पताल बनाउँदै सरकार

इटहरीमा १५ शैय्या अस्पताल भवनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको छ ।

सोमबार एक कार्यक्रमका बीच राईले इटहरी ९ स्थित इटहरी अस्पतालको प्राङ्गणमा नव निमार्ण अस्पताल भवनको शिलान्यास गर्नुभएको हो।

नयाँ सहरको रूपमा उदाएको इटहरीका विकासको हिसाबले अगाडि बढेको उदृत गर्दै उनले उक्त कामको थालनी हुनु सराहनीय रहेको बताउनुभयो ।

एक फरक प्रसंगमा उहाँले प्रदेश १ मा आगामी ६ महिनासम्ममा करीब १८ वटा सडकको उद्घाटन समेत गर्ने बताउनुभयो ।

ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्‍याउने उद्देश्यले सङ्घीय सरकारको कार्यक्रम अन्तर्गत १८ करोड ६८ लाख २ हजारमा निर्माण सम्पन्न गरिने गरि अस्पतालको काम अगाडि बढाईएको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दिनुभयो ।
इटहरीमा हालसम्म १० वटा स्वास्थ्य चौकी भवनको शिलान्यास गरि सकिएको बताउँदै अबको ६ महिनाभित्र ५ वटाको पनि शिलान्यास गरिने बताउनुभयो ।

सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न संयुक्त रूपमा ३ सय ९६ अस्पतालको शिलान्यास गर्ने तयारी गरेको थियो । ।स्थानीय तहहरूमा पाँचदेखि १५ शैयासम्मका अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही, पीडितलाई क्षतिपूर्तिको माग

२० कात्तिक, मेचीनगर  : नेकपा (एमाले) बिर्तामोड नगर कमिटीले जेन—जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाहीको माग...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.