एमसिसी मुख्यालयले भन्यो : संसदको अनुमोदन स्वीकार, सम्झौता कार्यान्वयनको बाटो खुल्यो

A notice in Nepali from Mechinagar Ward No. 10

१८ फागुन, काठमाडौँ : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले आफू र नेपाल सरकारबीचको सम्झौता संसदबाट अनुमोदन गर्ने निर्णयलाई स्वीकार गरेको छ।

एमसिसी मुख्यालयले गएराति विज्ञप्ति सार्वजनिक गर्दै ५० करोड डलरको कम्प्याक्ट अनुमोदन गर्ने निर्णयलाई स्वीकार गरिएको उल्लेख गरेको हो। नेपालले गत आइतबार एमसिसी सम्झौता १२ बुँदे ब्याख्यात्मक घोषणासहित संसदबाट पारित गरेको थियो ।

सम्झौता अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यका रुपमा सधैं कायम राखेको पनि एमसिसीले उल्लेख गरेको छ। अब सम्झौता कार्यान्वयनको बाटो खुलेको भन्दै एमसिसीले पाँच वर्षको अवधिमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत पुग्ने पनि जनाएको छ।

नेपाल सरकारले उर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गरी कूल जनसंख्याको झण्डै ८० प्रतिशत अर्थात २ करोड ३० लाख बढी आफ्ना नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले सन् २०१७ मा सम्झौतामा हस्ताक्षर गरेको पनि एमसिसीले उल्लेख गरेको छ ।

‘यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्ष हो। यो अवधिमा नेपालले अतुलनीय परिवर्तनहरू देखेको छ। एमसिसी र अमेरिकी जनता यी परिवर्तनहरूमा नेपालको साथमा उभिएका छन् र देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू सहयोग गरेका छन्।’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालसँगको संयुक्त राज्य अमेरिकाको सम्बन्ध एउटै सम्झौताभन्दा फराकिलो छ र हामी देश, यसको लोकतान्त्रिक मूल्य र दीर्घकालीन आर्थिक समृद्धिलाई समर्थन गरिरहनेछौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.