प्रदेशसभा सदस्यदेखि पत्रकारसम्मलाई एउटै मञ्चमा सम्मान, वर्षाेत्कृष्टको समाजसेवी सम्मान झापा कमलका छविलाललाई

A notice in Nepali from Mechinagar Ward No. 10

१९ फागुन , मेचीनगर : जंगवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान झापाले एकजना प्रदेश सभा सदस्यलाई अभिनन्दन र विभिन्न विधाका तीनजना व्यक्तिलाई विहीबार पुरस्कृत तथा सम्मान गरेको छ ।

प्रतिष्ठानको १२ औँ वार्षिक साधारण सभाको अवसर अर्जुनधारा—११ बुट्टाबारीमा आयोजित कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य वीर्ख बहादुर प्रधानलाई अभिनन्दन गरेको हो । जंगवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान झापाका अध्यक्ष एवम् पूर्व प्रहरी निरीक्षक बाबुराम श्रेष्ठले अभिनन्दन पत्र वाचन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले प्रदेशसभा सदस्य श्रेष्ठलाई अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो भने विशेष अतिथि इन्द्रप्रसाद ओलीले दोसल्ला ओडाउनु भएको थियो ।

प्रधान प्रतिष्ठानका संस्थापक उपाध्यक्ष र हाल विशेष सल्लाहकार हुनुहुन्छ । उहाँले प्रतिष्ठानको भवन निर्माणमा विगतदेखि वर्तमानसम्म निक्कै सहयोग गर्दै आउनुभएको छ । प्रदेश सभा सदस्य भएपछि सांसद् विकास कोषबाट समेत बजेट विनियोजन गर्नुभएको थियो ।

हरेक वर्ष प्रतिष्ठानले सामाजिकदेखि पत्रकारिता र साहित्य विधामा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आएको भएपनि विगत दुईवर्ष कोभिड १९ का कारण स्थगित गरिएको थियो । प्रतिष्ठानले ११ औँँ वार्षिक साधारणसभा सम्म पुग्दा ९८ जनालाई सम्मान तथा पुरस्कृत गरिसकेको छ ।

यसैगरी, यसवर्षको ज्येष्ठ नागरिक तथा समाजसेवा सम्मान झापा कमल गाउँपालिका— ५ सीतापुरीका छविलाल गौतमलाई प्रदान गरेको छ । प्रतिष्ठानका सदस्य कृष्ण श्रेष्ठले उहाँको सम्मान पत्र वाचन र प्रमुख अतिथि श्रेष्ठले सम्मान पत्र ,विशेष अतिथिहरु १ नम्बर प्रदेश सभा सदस्य वीर्ख बहादुर प्रधान, त्रिफला पुस्तकालय मेचीनगरका अध्यक्ष प्रेमप्रकाश पोखरेललगायतले दोसल्ला, अविर टीका पहिर्याउनुभएको थियो ।

यसवर्षको हरिनारायण विष्णुमाया पत्रकारिता पुरसकार तथा जंगवीर गुभाजू श्रेष्ठ सम्मान ताप्लेजुङ्का पत्रकार राजेन्द्र श्रेष्ठलाई प्रदान गरियो । पुरस्कारको राशी नगद ११ हजार ५ सय रुपैयाँ, सम्मान पत्र र दोसल्ला रहेको छ । नेपाल पत्रकार महासंघ शाखा ताप्लेजुङका निवर्तमान अध्यक्ष समेत रहनु भएका पुरस्कृत पत्रकारलाई प्रमुख अतिथि श्रेष्ठ, कार्यक्रमका सभापति तथा प्रतिष्ठानका अध्यक्ष एवम् पूर्व प्रहरी निरीक्षक बाबुराम श्रेष्ठलगायतले पुरस्कृत तथा सम्मान गर्नुभएको थियो ।

यसैगरी, साहित्यतर्फको पुरस्कार तथा सम्मान पाचथर फालेलुङका साहित्यकार सीता लावती जवेगुलाई प्रदान गरियो । नगद ११ हजार ५ सय रुपैयाँसहित सम्मान पत्र र दोसल्ला उहाँलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि अतिथिलगायतले प्रदान गर्नुभएको थियो । उहाँको सम्मान पत्र पूर्व प्रहरी नायव उपरीक्षक विन्देश्वरप्रकाश श्रेष्ठले वाचन गर्नुभएको थियो ।

प्रतिष्ठानका भानु श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, विशिष्ट अतिथीहरु प्रदेश सभा सदस्य वीर्ख बहादुर प्रधान, त्रिफला पुस्तकालय मेचीनगरका अध्यक्ष प्रेमप्रकाश पोखरेल, अधिवक्ता नारायणप्रसाद चौलागाईँ, विजयमान श्रेष्ठ,कृष्ण श्रेष्ठ, जगतबहादुर मगर, शोभा श्रेष्ठ, रुद्रमणि श्रेष्ठ र सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुकातर्फबाट साहित्यकार सीता लावती जवेगुले बोल्नुभएको थियो । उहाँहरुले प्रतिष्ठानले विगतदेखि बर्तमानसम्ममा गर्दै आउको रचनात्मक र सकरात्मक कार्यको प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.