अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा क्याम्पसमा प्रशिक्षण

A notice in Nepali from Mechinagar Ward No. 10

२४ फागुन, मेचीनगर : १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको अवसर पारेर सोमबार काँकरभिट्टा बहुमुखी क्याम्पसले विद्यार्थीहरुकालागि विभिन्न चेतनामुलक कार्यक्रम गरेको छ । मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा लागूऔषध, साइबर क्राइम र अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चका बारेमा प्रशिक्षणमुलक कार्यक्रम सम्पन्न गरेको हो ।

क्याम्पस सभाहलमा क्याम्पस सञ्चालक अध्यक्ष कमल थापाको सभापतित्वमा भएको कार्यक्रमम इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले लागूऔषध र साइबर क्राइमका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान भएको  थियो ।

साइबर क्राइम भनेको के हो ? नेपालमा वर्तमान अवस्था के छ ? लगायतका विषयमा उहाँले प्रशिक्षण प्रदान गर्दै साइबर क्राइम भन्ने वित्तिकै कुनै नयाँ, अनौठो र अचम्मको अपराध हो भन्ने नबुझ्न विद्यार्थीलाई अनुरोध गर्नुभयो । इन्टरनेटको माध्यमद्वारा गरीने जस्तासुकै अपराध साइबर क्राइम अन्तर्गत पर्ने उहाँको भनाई थियो । मोवायल, टेलिफोन तथा इन्टरनेटको माध्यमबाट नेपालको कानुनले बन्देज गरेका जस्तासुकै काम कारवाही भए त्यस्ता सबै अपराधजन्य घटना साईबर क्राइम हुने उहाँको भनाई थियो ।

सामाजिक सञ्जाल सम्बन्धि अपराधहरुका बारेमा प्रष्ट पादैं प्रहरी नायव उपरीक्षक दाहालले नाङ्गा फोटाहरु हाल्ने, नक्कली प्रोफायल बनाउने, अनुचित फायदा या नराम्रो कामको लागि नक्कली प्रोफायल, नक्कली वेवसाईट बनाउने, अनाधिकृत प्रवेश गर्न अर्काको अकाउन्ट लग इन गर्ने, ह्किङ्ग, नक्कल्ली आइडि, गैरकानुनी चीज बस्तुको अनलाइन व्यपार वा कसैको एटिएम कार्डको पिन चोरेर अर्काे एटीएम कार्ड बनाउने लगायतका अपराधलाई नेपालमा साईबर क्राईमकारुपमा लिने गरेको बताउनुभयो ।

कम्प्युटर तथा डिजिटल उपकरणहरु जस्तै मोवायल फोन, नोटप्याड, आईप्याड, सरभरको माध्यमबाट अन्य इेलेक्ट्रोनिक्ससँग जोडिएको तथा विद्युतीय माध्यमाबट सूचना आदान प्रदान गर्ने माध्यमनै इन्टरनेट भएको उहाँले स्पष्ट पार्नुभयो । नयाँ साथी बनाउने सकिने, आपसमा कुराकानी गर्न सकिने, फायल, डकुमेन्ट, फोटो, भिडियो आदि पठाउन सकिने, अध्ययन सामाग्रीहरु उपलब्ध हुने, देश विदेशका घटनाहरु समाचारबारे जानकारी पाईने, भौगोलिक अवस्थितिको जानकारी पाउन सकिने, ब्लग मार्फत लेख, रचना तथा अन्य श्रृजना प्रस्तुत गर्न सकिने, आफ्ना भावनाहरु व्यक्त गर्न सकिने सरल र सजिलो माध्यम ईन्टरनेट तथा सामाजिक सञ्जाल भएकाले यसको फाईदाहरु धेरै हुने उहाँको भनाई छ ।

अर्काको डाटामा सुटुक्क पहुँच राख्ने, प्रवेश गर्ने, डाटाहरु चोर्ने, उडाईदिने, मेटाईदिने, बिगारीदिने, कानुन बिपरितका सामग्रीहरु पोष्टर प्रकाशन गर्नु कम्प्युर मोवायललगायत अन्य विद्युतीय उपकरण र सञ्जालको दुरुपयोगगरी गरिने गैरकानूनी कार्य भएको उहाँले स्पष्ट पार्नुभयो ।

सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट विभिन्न कारण देखाई डर देखाउने, हेप्ने, धम्क्याउने, गलत कुरा फैलाउने, बेइज्जत गर्ने, हिनता बोध गराउने जस्ता क्रियाकलाप विशेष गरी नचिनेको व्यक्तिसँग अनलाईन तथा इन्टरनेटमा सम्बन्ध गाँस्दा साईबर अपराधमा पर्न सकिने हुँदा त्यसतफै चलाख बन्न उहाँले सबैलाई सुझाव दिनुभयो । इन्टरनेटाके माध्यमबाट यौनजन्य चित्र, सन्देश, भिडियो आदि पठाउनु, खराब मनशाय बोकेका व्यक्तिहरुले बालबालिकाहरुलाई त्यस्ता क्रियाकलापमा उत्प्रेरित गराउन यस्ता किसिमका सन्देशहरु पठाउने, यसबाट बालबालिकाहरु बिसतारै दूव्र्यव्यवहारको शिकार हुने हुँदा यौन आशयले सन्देश आदान प्रदान गर्न नहुने उहाँले जानकारी गराउनुभयो ।

उहाँले गुनासो, उजुरी, तथा जाहेरी, कानुनी व्यवस्था ,सामाजिक सञ्जालको सुरक्षित प्रयोग अनलाईन खेल तथा यसको लत, मानव बेचबिखन तथा ओसारपसारलगयातका विषयमा प्रशिक्षण प्रदान गर्नुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो फेक आइडी बनाएर विभिन्न खालका आपराधिक गतिविधि गर्ने घटना बढेको प्रहरी नायव उपरीक्षक दाहालको भनाई छ । लागुऔषध सेवनका कारण मानव शरिरमा पर्ने नकरात्मक असरका बारेमा समेत उहाँले प्रशिक्षण दिनुभयो ।

उपप्रमुख उप्रेतीले ८ मार्च अर्थात अन्तर्राष्ट्रिय महिला दिवसका बारेमा जानकारी गराउनुभयो । अन्तर्राष्ट्रिय महिला दिवस भनिए पनि अधिकाँश महिलाहरु नै यो दिवसका बारेमा वेखवर रहेको बताउनुभयो । दिवसका बारेमा अनविज्ञ रहेका महिलाहरुलाई बुझाउनुपर्नेमा उहाँको जोड छ । कार्यक्रममा २ सय बढी सेनिटरी प्याडसमेत वितरण गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.