अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सेल्टरदातालाई सम्मान

अध्यक्षमा जानुका

A notice in Nepali from Mechinagar Ward No. 10

२४ फागुन, मेचीनगर : १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, ८ मार्चमा मंगलबार पार्टीका महिला सेल्टरदातालाई सम्मान गरिएको छ । ‘सामाजिक न्याय लैङ्गिक समानता, दिगोविकासको सुनिश्चिता ’भन्ने मुख्यः नारासहित नेकपा एमाले निकट अखिल नेपाल महिला संघ मेचीनगरले आफ्नो प्रथम नगर अधिवेशनमा मेनुका बानियाँ, फाकी धिमाल, देवमाया गिरी, झरिदेवि राजवंशी र लीलामाया कार्कीलाई दोसल्ला र सम्मान पत्र प्रदान गदैं सम्मान गरेको हो ।

प्रथम नगर अधिवेशन समारोहका प्रमुख अतिथि संविधान सभा सदस्य एवम् नेकपा एमालेका केन्द्रिय सदस्य रविन कोईराला,विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख एवम् नेकपा एमालेका केन्द्रिय सदस्य मीना पोखरेल उप्रेतीलगायतले पाचैजना सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा भूमिगत समयका बखत कम्यूनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको संरक्षण तथा उनीहरुलाई सेल्टर दिएको भन्दैं उहाँहरुको प्रशंसा गरिएको थियो ।

नगर अध्यक्ष लक्ष्मी काफ्लेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि कोईराला, विशिष्ट अतिथि उप्रेती, एमाले नेताहरु विष्णुप्रसाद प्रसाईलगयातले १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्चको शुभकामना व्यक्त गदैं सम्मनित व्यक्तित्वहरुले भूमिगतकालमा निभाएको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । ८ मार्च अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका बारेमा जानकारी गराउनुभयो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनिए पनि अधिकाँश महिलाहरु नै यो दिवसका बारेमा वेखवर रहेको बताउँदैं उहाँहरुले दिवसका बारेमा अनविज्ञ रहेका महिलाहरुलाई बुझाउनुपर्नेमा उहाँको जोड छ ।

नगर अध्यक्ष काफ्लेले अखिल नेपाल महिला संगठन मेचीनगर कमिटि झापाकोतर्फबाट ९ पृष्ठ लामो राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संघका सचिव कोपिला कार्कीले सञ्चालन र सदस्य दुर्गादेवि भेट्वालले स्वागत गरेको कार्यक्रममा एकता महिला समूहका कलाकारले संगिनी र अन्य कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

अधिवेशनको बन्दसत्रले जानुकी ओली अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख एवम् नेकपा एमालेका केन्द्रिय सदस्य मीना पोखरेल अध्यक्ष रहेको निर्वाचन मण्डलले ओलीको नेतृत्वमा ७५ सदस्यीय अखिल नेपाल महिला संघ मेचीनगर कमिटि सर्वसम्मत चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा हेमा सिटौला शिवाकोटी, सचिवमा अनिता गुरागाईँ खवास, सहसचिवमा विनिता उराउँ र कोषाध्यक्षमा लक्की ताम्राकार रहनु भएको छ । सदस्यहरुमा पम्फादेवि (गीता) गौतम उप्रेती , मनु गौतम कार्की, निरु खवास, विमला तामाङ्ग, सदिक्क्षा भट्टराईलगायत रहनुभएको एमालेका ६ नम्बर वडाध्यक्ष प्रितम काफ्लेले जानकारी दिनुभयो । विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख एवम् नेकपा एमालेका केन्द्रिय सदस्य मीना पोखरेले सवैलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य टीका घिमिरे, झापा अध्यक्ष तथा १ नम्बर प्रदेशका पूर्व सामाजिक राज्यमन्त्री जसमाया गजमेरलगायतले नवनिर्वाचित सवैलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष ओलीले प्रतिवद्घता मन्तव्य तथा नेतृ रमा भण्डारीले बन्दसत्र सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.