घास काट्न गएकी महिला मृत फेला, आशंकामा एकजना युवा नियन्त्रणमा

A notice in Nepali from Mechinagar Ward No. 10

२५ फागुन, मेचीनगर :  मेचीनगरमा महिलाको हत्या आशंकामा एक जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार दिउसो घर नजिकैको जंगलमा घाँस काट्न गएकी मेचीनगर–५ स्थित कमल डाँडाकी ६७ वर्षीया अम्बिका कुँवर साँझ मृत अवस्थामा फेला परेकी थिइन् ।

उनी घरदेखि ५ सय मिटर पश्चिम पट्टी घोडाजिनको खोल्सीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

हसिँया लिएर घास काट्न गएकी उनको अनुहारमा चोट, हसियाँ बाङ्गीएको र लछारपछार पारिएको अवस्थामा शव भेटिएको मेचीनगर–५ का वडाध्यक्ष योगेन थापाले बताए ।

हत्या भएको आशंकामा २५ वर्षीय एक जना स्थानीय युवालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

मृतक अम्बिका कुँवर मेचीनगरका उद्यमी जगत कुँवरकी श्रीमती हुन् ।

ती महिलाको हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । घटना बारे थप अनुसन्धान भईरहेको उनको भनाई छ ।

लोकतन्त्रपोष्टबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.