ताप्लेजुङको फुङलिङ बजारमा आगलागी

A notice in Nepali from Mechinagar Ward No. 10

२७ फागुन, ताप्लेजुङ :  ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ मा आज बिहान आठ बजेतिर आगो लागेको हो ।

आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उनले बताए ।

‘बीच बजारमा आगो लागेकाले थप क्षति नहोस् भनेर अन्य दमकल झिकाउने गरी तयारी भइरहेको छ,’ प्रजिअ पोखरेलले भने ।

ताप्लेजुङ हरेक वर्ष आगलागीको चपेटामा पर्दै आएको छ । गत वर्ष फागुन १८ गते दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका थिए ।

फुङलिङ बजार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.