कोकाकोलाविरुद्ध साढे ७ अर्ब कर छलीको मुद्दा

A notice in Nepali from Mechinagar Ward No. 10

२७ फागुन, काठमाडौँ : कोकाकोला कम्पनीविरुद्ध राजस्व छलीको मुद्दा दायर भएको छ। साढे सात अर्ब रुपैयाँबराबर कर छलीको आरोपमा राजस्व अनुसन्धान विभागले आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेका अनुसार कोकाकोलाको स्वामित्व खरिद बिक्री गर्दा कर छली भएको हो। पाण्डेद्धारा जारी विज्ञप्तिमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबरको बिगो र बिगोको शतप्रतिशत जरिवाना गरी ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ माग दाबीसहित विभागले मुद्दा दायर गरेको उल्लेख छ।

नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साबको एसियाको शतप्रतिशत सेयर २०७७ फागुन ७ गते कोकाकोला साबको आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको जारी विज्ञप्तिमा भनिएको छ।

उक्त मुद्दामा विभिन्न १७ जनालाई प्रतिवादी बनाइएको छ।

विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.