अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न पनि अर्थमन्त्रीलाई ओलीको चुनौंती

A notice in Nepali from Mechinagar Ward No. 10

२९ फागुन, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र भयवह अवस्थामा पुगेको दावी गरेका छन् । पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले गरेको अर्थतन्त्रको वर्तमान अवस्थाबारे अन्र्तकि्रयामा बोल्दै ओलीले गलत प्रक्रियाबाट बनेको सरकारका कारण अर्थतन्त्र पनि गलत बाटोतर्फ मोडिएको दावी गरे ।

उनले मुलुृकको वर्तमान अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न पनि अर्थमन्त्रीलाई चुनौती दिए । सरकार गठबन्धन जोगाउन मात्रै लागेको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीहरुको कठोर आलोचना गरे । प्रधानमन्त्री पद आकस्मिक रुपमा पाएकाले त्यसलाई जोगाउन नै प्रधानमन्त्री लागेको बताए ।

ओलीले सरकारका मन्त्रीहरुलाई कमिसनखोरीको आरोप लगाए । ‘बादल लागेका दिन शेर बहादुरलाई आँगनमा माछा पर्‍यो, त्यो माछा घैलामा राख्नुभएको छ,’ उनले भने,’परमादेशबाट पारिएको माछाको चिन्ता छ । देश, जानता तथा अर्थतन्त्रको चिन्ता छैन ।’

सरकारका मन्त्रीहरु अर्थतन्त्रका समस्याप्रति चिन्तित नभएको भन्दै ओलीले कमिसनका लागि मन्त्रीले ब्ल्याकमेल गरेको आरोप लगाए । ‘अहिलेका सरकारका मन्त्रीहरु ब्लेकमेलरका रुपमा कमिसनका लागि काम गरिरहेका छन्,’ ओलीले भने, ‘कमिसन नदिए यसो गर्छु उसो गर्छु, छापा मार्छु भनेर जे भन्यो त्यो गराउन सकिन्छ भन्दै हिंडेका छन् ।’

हिजो राज्यभन्दा बाहिर बसेर गर्ने धन्दा अहिले मन्त्रीहरुले सरकारमा बसेर गरेको उनको आरोप छ । काम सकेर बसेका ठेकदारलाई पनि कमिसन नदिएको भन्दै मन्त्रीहरुले भुक्तानी नगरेको ओलीको आरोप थियो ।

अर्थतन्त्रको सबै सूचक निरासाजनक भएको बताएका ओलीले यसमा सबै दोष अहिलेको सरकारको भएको दाबी गरे । आफूहरुले बनाएको बजेट प्रतिस्थापन गरेर, श्वेतपत्रसहित अघि बढेको सरकारले गलत बाटो अंगालेको उनको ठम्याइ छ ।

अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच तालमेल नमिल्दा र सरकारको प्राथमिकतामा अर्थतन्त्र नपरेकाले उद्योगी, व्यवसायी र जनताले दुःख पाउने अवस्था बनेको ओलीको आरोप छ ।

आरोपै-आरोप

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले अर्थतन्त्र बिगि्रएको भन्दै सरकारलाई १४ आरोप लगाएका छन् । तरलता अभाव, बैक ब्याजदर वृद्धिदेखि शोधानान्तर अवस्था तथा उच्च आयातलाई पनि ओलीले अर्थतन्त्रको समस्याको रुपमा चित्रण गरे ।

आफ्नो लामो सम्बोधनमा ओलीले अर्थतन्त्रको सबै सूचक बिग्रिएको दाबी गरेका थिए । आन्तरिक वाहृय, राजस्श्व परिचालन, सरकारी खर्च र आयोजना कार्यन्वयन निकै दयनीय रहेको उनको आरोप छ ।

प्रत्येक महिना १० प्रतिशतका दरले पूँजीगत खर्च गर्ने सरकारी दाबी फेल खाएको र ८ महिनामा २० प्रतिशत ४ महिनामका ८० प्रतिशत समग्र खर्च गर्नुपर्ने अवस्था आएको उनको आरोप छ । यस्तै उच्च राजस्व संकलन हुने बेलामा १० प्रतिशत भन्दा कम मात्रै राजस्व उठेको उनको दोस्रो आरोप छ ।

आफूले सत्ता छाड्दा १ लाख ९१ हजार मिलियन बराबरको वैदेशिक सहायताको प्रतिवद्धता आएकोमा अहिले एक लाख २६ हजार मात्रै पगेको उनको भनाइ छ ।
यस्तै समग्र मुद्रास्फीति आफूले छोड्दा ४ प्रतिशत रहेको अहिले दोब्बर भएको उनले बताए ।

यस्तै आफूले छोड्दा एक हजार तीन सय ९९ अर्ब रहेको विदेशी मुद्रा सञ्चिति एक सय १५ अर्ब बढी घाटा भएको, आफूले छोड्दा वस्तु तथा सेवाको आयात धान्ने अवस्था ११.२ महिनाको रहेकोमा अहिले ६ महिनाका लागि पनि नभएको उनको आरोप थियो ।

आफूले छोड्दा शोधानान्तर १.२३ अर्ब बचत रहेकोमा अहिले २४७ .३ अर्ब नै घाटामा भएको ओलीको दाबी छ ।

यस्ता छन् ओलीले औंल्याएको अर्थतन्त्रको चुनौती र सरकारमाथिका आरोपहरु
· पुँजीगत खर्च दयनीय छ ।
· राजस्व परिचालन कमजोर छ ।
· विप्रेषणको अनौपचारिक कारोबारमा सरकार आफैं संलग्न छ ।
· शोधानान्तर बचत आफ्नो पालामा भन्दा दयनिय बनेको छ ।
· प्रणालीमा लण्गानीयोग्य रकम अभाव भयवह छ ।
· ब्याजदर उच्च छ ।
· नेपाली मुद्राको अवमूल्यान तीब्र छ ।
· अनावश्यक आयात बढेको छ । निर्यात देखाउने दाँत मात्रै भएको छ ।
· आयातमा ज्युज विजकीकरण र निर्यातमा उच्च बिजकीकरणको भयावह अवस्था छ ।
· वैदेशिक लगानी र सहायतामा उच्च गिरावट छ ।
· विदेशी अनुदान र ऋणको परिचालन नहुँदा मुलुक डलर ऋणको पासोमा पर्दैछ ।
· मुद्रास्फीति आफ्नो कार्यकालमा भन्दा दोब्बर भएको छ ।
· ठूला आयोजनाको कामको गति रोकिएको छ ।
· कार्यकर्तालाई अनुत्पादक ढंगले रकम बाँड्न खोजिएको छ ।

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.