क्रिप्टोकरेन्सी कारोबार हुने सबै एप बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

A notice in Nepali from Mechinagar Ward No. 10

१ चैत्र, काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ।

इन्टरनेट सेवा प्रदायक सबै कम्पनीहरूलाई प्राधिकरणले सोमबार पत्राचार गरी क्रिप्टोकरेन्सीका एपहरू बन्द गर्न निर्देशन दिएको हो।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राख्न निर्देशन दिइएको हो।

नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा ताथ गैरकानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले निषेध, डिसएबल तथा कालोसूचीमा राख्न प्राधिकरणलाई पत्राचार गरेको थियो।

‘मन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि आएपछि हामीले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई क्रिप्टोकरेन्सीमा प्रयोग हुने सबै एप बन्द गर्न निर्देशन दिएका हौं,’ मिश्रले सेतोपाटीसँग भने।

गैरकानुनी तरिकाले विदेशी मुद्रा विनिमय हुन थालेपछि वैदेशिक मुद्रा सञ्चिति घट्दा अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको भन्दै अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत निकायहरूबाट क्रिप्टोकरेन्सीबारे अध्ययन भइरहेको छ।

अर्थ मन्त्रालयको कार्यदलले क्रिप्टोकरेन्सीबारे छानबिन गरी प्रतिवेदन लेखिरहेको छ। यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागले पनि छुट्टै कार्यदल गठन गरेर छानबिन गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.