१ चैत , काँकरभिट्टा : कोभिडले थला परेको खेलक्षेत्रलाई चलायमान बनाउन
नयाँ वर्ष २०७९ को अवसरमा प्रदेश १ मै पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।
लर्ड बुद्ध क्रिकेट एकाडेमी मेचीनगरको आयोजनामा आगामी वैशाख १ देखि ७ गतेसम्म ‘झापा सुपर लिग’ (जेएसएल) क्रिकेट प्रतियोगिता हुने आयोजकले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
काँकरभिट्टा माध्यमिक विद्यालयको मैदानमा हुने प्रतियोगितामा जिल्लाका चार वटा टिमले भाग लिने आयोजक समितिका अध्यक्ष हिमाल विकेले जानकारी दिनुभयो । ‘कोभिड महामारीका कारण लामो समयसम्म थला परेको नेपालको खेलकुदक्षेत्रलाई पुरानै लयमा फर्काउने उद्घेश्यले यो प्रतियोगिता शुरु गर्न लागेका हौँ’ अध्यक्ष विकेले भन्नुभयो— ‘प्रतियोगिताभर यो सीमान्त सहर पुनः खेलकुदमय बन्ने कुरामा कुनै शंका छैन् ।’ प्रतियोगिताको मुख्य प्रायोजक र प्रायोजकहरुलाई पहिचान गर्ने क्रम जारी रहेको उहाँको भनाई छ ।
अक्सनमार्फत लिइएका खेलाडीहरु विभिन्न चार टिममा समावेश हुने पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तीमा उल्लेख छ । जसअन्र्तगत धुलावारी टइगर्स, बोष्टर्न क्रिकेट इगन, भद्रपुर राइजिङ किङस र विराट वरियर्स प्रतियोगितामा सहभागी वन्ने छन् । पत्रकार सममेलनमा चारवटै टिमको जर्सी समेत हस्तान्तरण गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख रुपैया खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिताका विजेताले २ लाख ११ र उपविजेताले १ लाख ११ हजार पाउने छन् ।
साथै विभिन्न विधागत पुरस्कारहरु समेत प्रदान गरिने छन् । जसअन्र्तगत उत्कृष्ट व्याटसमेनले १५ हजार, उत्कृष्ट वलरले १० हजार, उत्कृष्ट क्याच गर्ने खेलाडीले ५ हजार पाउने छन् । भने खेलाडीले प्रहार गरेको छक्कालाई क्याच गर्ने दर्शकलाई पनि नगद १ हजार ५ सय दिइने आयोजक समितिका कोषाध्यक्ष चोलानाथ दाहालले जानकारी दिनुभयो ।
पूर्व क्रिकेटर मनोज कटुवालले झापा सुपर लिगले जिल्लामा पुनः क्रिकेटको माहोल सिर्जना हुने र नयाँ खेलाडीहरु उत्पादनमा सघाउ पुग्ने बताउनुभयो । झापा क्रिकेट संघका अध्यक्ष प्रवीन थापाले कोरोना कहरपछि थलिएको नेपाली खेलकुदलाई यो प्रतियोगिताले राहत प्रदान गर्ने जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजीले पनि खेलाडीहरुको उर्वरभूमीमा जिल्ला स्तरको क्रिकेट आयोजना हुन लाग्नु गर्वको कुरा रहेको बताउदै प्रतियोगिता सफल बनाउन सम्पूर्ण सञ्चारमाध्यमहरुलाई आग्रह पनि गर्नुभयो ।

























