संसद अधिवेशन अन्त्य गर्न सिफारिस

A notice in Nepali from Mechinagar Ward No. 10

१ चैत्र, काठमाडौँ :  सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी संसद्को अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको जानकारी दिए ।

‘सबै दलहरू गाउँ केन्द्रित भएका छन् । सांसदहरू पनि चुनावी प्रचारमा खटिन्छन् । त्यसैले तत्काललाई संसद् अधिवेशन अन्त्य गरिएको हो,’ उनले भने, ‘संसद्‌मा बिजनेस छैन, अत्यावश्यक विधेयकहरू थिए; तिनलाई पास गर्नुपर्ने अवस्था छ । तर, नाराबाजी रोकिएको छैन ।’

अवरोधका बीच नागरिकता लगायत विधेयक र अन्य महत्वपूर्ण विधेयकहरू पास हुन नसक्ने भन्दै मन्त्री बडूले यी विषयमा संसद्‌मा छलफल गर्न नपाएपछि संसद् चालू राख्नुको औचित्य नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.